यी रहेछन् २० हजारमा एसएलसी दिने खेताला
March 23, 2015
काठमाडौं ।
सबिन रानामगरले काठमाडौंको बैश्नवी खुल्ला विद्यालयबाट एसएलसीको परीक्षा फारम भरे । उनकै नाममा शिक्षा कार्यालयले प्रवेश पत्र पनि जारी गर्यो ।
उनको परीक्षा केन्द्र काठमाडौंको बालुवाटार स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा पर्योा । उनी जस्तै परीक्षा दिने पौने ६ लाख विद्यार्थी आफै परीक्षाको तयारी गर्दै थिए ।
उनी चाहि अरुले परीक्षा दिएर पास हुने चक्करमा लागे । अनि उनले थानकोटका सञ्जय कार्कीलाई परीक्षा दिन लगाए । कार्कीकै नाममा नक्कली प्रवेशपत्र बनाए ।
को अनिवार्य नेपाली बिषयको परीक्षा दिन लगाए ।
यसअघिको जस्तै आइतबारपनि अनिवार्य गणितको परीक्षा दिन कार्की परीक्षा हलमा छिरे । जब उनी प्रश्न हातमा लिएर उत्तर लेख्दै थिए ।
सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारे र उप नियन्त्रक अनुपम श्रेष्ठ बीच पनि उनलाई नियन्त्रणका लिने बिषयमा छलफल चलिरहेको थियो ।
नियन्त्रक द्वारे भक्तपुरको परीक्षा केन्द्र अनुगमनमा निस्किए । श्रेष्ठलाई महेन्द्र उच्च मावि केन्द्रमा पठाए । कार्कीले अर्काकै परीक्षा दिइरहेको कार्यालयमा बिशेष सुराकी आएको थियो । आजको कान्तिपुरमा समाचार छ ।
0 comments
Write Down Your Responses