बम हत्याकाण्डका फरार सुटर इन्टरपोलको सूचीमा

काठमाडौ ।

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने हत्या गर्ने एक सुटरलाई इन्टरपोलको सुचिमा राखिएको छ । 

बमको हत्या गरी फरार अभियुक्तलाई इन्टरपोलले सूचीमा राखेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआई)को आग्रहमा इन्टरपोलले सुटर सञ्जय स्माइलीमगर विरुद्ध डिफुयजन नोटिस जारी गरेको हो । 

मगर न्यायाधीश बमलाई गोली हान्ने सुटरमध्ये एक हुन् । 

उनी अहिले नेपाल बाहिर छन् । 

नेपाल बाहिर भएका सञ्जयलाई इन्टरपोलको फरार सुचिमा राखिएको छ । अर्का सुटर भगवान चौधरीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ ।

0 comments

Write Down Your Responses