विषादी मिसिएको गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु

मनिष दुवाडी
२०७१ फाल्गुन २५ सोमबार


 ( उपचारका लागि डोलीमा राखेर अस्पतालतर्फ ल्याइँदै)



धादिङ : धादिङको पीडा गाँउ विकास समितिको वडा नं ८ पुकुनमा गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको


मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन्।

मृत्यु हुनेहरुमा ६२ वर्षीय सन्तबहादुर स्याङतान र उनका बुहारी २८ वर्षीय फुलमाया स्याङतान, नातिनी ७

वर्षीय सविता स्याङतान, नातिहरु ५ वर्षीय रमेश स्याङतान र अर्जुन स्याङतान २ वर्षिय अनिल स्याङतान

रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डिएसपी प्रकाश मल्लले जानकारी दिए।

0 comments

Write Down Your Responses