यस कारण पक्राउ परेपछि पनि खुशी देखिए जीवन

काठमाडौं – प्रहरीले पक्राउ गरेपछि अपराधीहरु प्राय अपराध अस्वीकार गरेर प्रहरीलाई हैरान गर्छन् । तर, गत बिहिबार एसिड काण्डमा पक्राउ परेका रामेछापका जीवन विकलाई पक्राउ गरेर अनुसन्धान गर्दा भने प्रहरी अचम्ममा परे । पक्राउ परेकामा विक न त दुःखी नै भए न त उनले कुनै कुरा ढाँटे । पक्राउ पर्नासाथ सबै कुरा गर्वका साथ खुलाए । पत्रकार सम्मेलनमा खुशी भई भई फोटोका लागि पोज दिए ।

आफ्ना परिवारलाई हेपेको र प्रेममा धोका दिएको आरोपमा करिब एक वर्षअघिदेखि योजना बनाएर विकले संगितालाई आक्रमण गरेका थिए । गत फागुन १० गते विहान ६ बजे झोंछेको ट्युसन सेन्टरमा एसएलसीको ट्युसन पढिरहेका बेला हर्लिसको बोतलमा एसिड लिएर गई संगितालाई आक्रमण गरेका थिए ।आक्रमणमा परी सिमा बस्नेत समेत घाइते भएकी थिइन् । पटकपटको प्रयासपछि त्यो दिन उनी आक्रमण गर्न फल भएका थिए । संगीतामाथि आक्रमण गर्न गत जेठमा नै उनले न्युरोडको ब्याट्री पसलबाट एसिड किनेर योजना बनाएका थिए ।
विकलाई प्रहरीले पहिले नै शंकास्पद व्यक्तिका रुपमा राखिसकेको थियो । तर उनी सिक्किममा बस्दै आएको बताएपछि प्रहरीले त्यसतर्फ धेरै ध्यान दिन सकेन, पछि उनी काठमाडौंमै भएको सूत्र प्रहरीले फेला पा¥यो । महानगरिय अपराध महाशाखाको ४ नम्बर पिलरको डिएसपी रमेश थापा नेतृत्वको टिमले उक्त सूत्र फेला पारेपछि अनुसन्धानलाई तिव्रता दियो ।
त्यसपछि विक टोखामा बस्ने गरेको खुल्यो । टोखामा केही साथीहरुलाई मात्र उनले फोन गर्दथे । सोहि बाटो पछ्याउँदै जाँदा विक गत बिहिबार बेलुका १० बजे पक्राउ परे । पक्राउ परेलगत्तै सबै वास्तविकता उनले बताएपछि प्रहरीको ठुलो टेन्सन समाप्त भयो ।आजको दृष्टि साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses