घर फर्कने अघिल्लो दिन मलेसियामा झुण्डिएर एक नेपालीको मृत्यु

मलेसिया, चैत १० - मलेसियाको केपोङमा रहेका एक कोरियन रेष्टुरेन्टमा कार्यरत नेपाली नगारिक झुण्डिको अवस्थामा मृत भेटिएका छन् । पाँच वर्षअघि रोजगारीका लागि मलेसिया आएका मोरङ  केराबारीका सूर्यबहादुर बस्नेत झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
बस्नेतसँगै काम गर्ने धनकुटाका रसमान राईका अनुसार बस्नेत केही दिनदेखि बिरामी परेकाले काममा नगई होस्टलमै बसेका थिए र उनलाई कार्यरत कम्पनीले नेपाल फर्कन टिकटसमेत काटिदिएको थियो । स्थानीय क्लिनकमा जचाउँन जाँदा डाक्टरले क्षयरोग लागेको बताएपछि बस्नेत सधैं उदास देखिने गरेको राईले बताउनुभयो ।
राईका अनुसर मृतक बिरामी भएकै कारण उनले काम गर्ने रेस्टुरेन्टले  नेपाल फर्कनका लागि बुधबारको टिकट काटिदिएको थियो । बस्नतेको मृतयुबारे नेपालीले प्रवासी  नेपाली मन्चलाई खबर गरेका र आफूहरुले घटनाको विवरण  बुझी दूतावासलाई जानकारी गराएको मन्चका अध्यक्ष राजेन्द्रप्रकाश भण्डारीले जानकारी दिनुभयो । मृतकको शव पोस्ट्मार्टमका लागि स्थानीय सेलायाङ अस्पतालमा राखिएको छ । पोस्टमार्टमको रिपोर्ट  आएपछि मृतकको शवलाई तुरुन्तै नेपाल पठाउने मृतक कार्यरत रेस्टुरेन्टले जनाएको छ ।

0 comments

Write Down Your Responses