एसिड हानेर फरार युवकको खुल्यो पहिचान

काठमाडौंको वसन्तपुरमा ट्युसन पढिरहेका २ छात्रामाथि एसिड प्रहार गरेर बिगत एकहप्ता अघिदेखि फरार रहेका छन युवक ।



सबैले उनको खोजि गरीरहेका छन् यतिबेला सो युवक को होला भनेर आम जनमानसमा कौतुहलता सूजना भैरहेको छ । यही समयमा प्रहरीले एसीड हान्नेको पहिचान भैसकेको जानकारी दिएको छ । प्रहरी प्रवक्ता कमल सिंह बमका अनुसार दोषीको पहिचान भैसकेको र आवश्यक प्रमाणका लागि अनुसन्धान तीब्र पारिएको बताइएको छ ।

छात्रामथि एसिड हान्नेलाई अब छिट्टै सार्वजनिक गर्ने पनि उहाँले जानकारी दिनुभयो । बिगत एकहप्ता अघि एसिडमा परेका छात्रा संगीता मगर र सिमा बस्नेतको उपचार भैरहेको छ ।

0 comments

Write Down Your Responses