चितवनमा भारतीय सेनाको गस्ती नेपालीलाई देखाइयो दादागिरी

Mar 22, 2015

चितवनको माडी इलाकामा पर्ने सोमेश्वर गढीमा खुलेआम भारतीय एसएसवीका जवानहरु हतियार सहित प्रवेश गरी गस्ती गरिरहेका छन् । चैतै दशैको अवसर पारेर सोमेश्वर कालिकामा लाग्ने मेलालाई लक्षित गरी भारतीय फोर्स नेपाल प्रवेश गरेको हो । हतियार सहित दर्जनौंको संख्यामा आएका उनीहरु हतियार प्रदर्शन गर्दै नेपाली मन्दिर र अन्य क्षेत्रहरुमा घुमिरहेका भेटिन्छन् । उनीहरुले नेपाली भक्तजनहरुलाई नेपाली भूमिकै फोटो खिच्न समेत रोक्ने गरेको मन्दिरमा पूजाअर्चना गर्न गएकाहरुले वताए ।

ऐतिहासिक सामेश्वर कालिका प्राचिन गढी हो । यहा चैतै दशैको अवसरमा भव्य पूजाअर्चना हुने गर्दछ । नेपाली भूमिकै रहेको यस मन्दिरमा भारतीयहरु पनि पूजाआजाका लागि आउने गरेका छन् ।

भारतीय एसएसवी फोर्सले मन्दीर कव्जा नै गरी नेपालीहरुलाई पूजाअर्चनामा समेत अवरोध सिर्जना गर्ने प्रयाश गरेको समाजसेवी श्रीदवाडीले जानकारी दिए । हतियार सहित नेपाली भूमिमा रवाफ देखाउदै हिड्न थालेपछि नेपाली भक्तजनहरु डराएर पूजाआजा समेत गर्न नसक्ने स्थिती रहेको उनको भनाई छ । सिमामा नेपाली शशस्त्र सुरक्षाकर्मी समेत खटाईने भनिएता पनि त्यहा कुनै नेपाली सुरक्षाकर्मी देखिदैनन् ।

केही महिना अघि निकै तामझामका साथ सिमा नजिकै छर्छरेमा नेपाली शशस्त्र सुरक्षाकर्मी पोष्ट स्थापना गरिएपनि उनीहरु नियमित गस्तीमा गएका छैनन् । जसका कारण पनि भारतीय फौजले मनपरी गरिरहेको छ ।

शशस्त्र सिमा सुरक्षा वल चितवनका प्रमुख, डिएसपी शम्भुराज उप्रेतीले विभिन्न प्राविधिक समस्याका कारण नियमित रुपमा सुरक्षाकर्मी पठाउन नसकेको स्विकार गरे आफूहरु भोलीमात्रै जिल्लाको समग्र टोली लिएर निरीक्षणका लागि जाने र आवश्यक सुरक्षा प्रवन्ध मिलाउने उनले बताए ।


हतियार लिएर गस्ती गर्न नपाईने सम्झौता भएको उल्लेख गर्दै त्यसलाई हटाउन उच्चतहमै कुरा गर्ने डिएसपी उपे्रतीले जानकारी दिनुभयो ।यसअघि गत साल पनि भारतीय सुरक्षा फौजले मन्दिरलाई आफ्नो कपडा फेर्ने र हतियार विसाउने थलोका रुपमा प्रयोग गर्दै आएको थियो ।

सोमेश्वर गढी माडी नगरपालिकाको सदरमुकाम वसन्तपुरवाट करिव ९ किलोमिटरको दुरीमा पर्दछ ।

,

0 comments

Write Down Your Responses