अबको केहि महिनामै काठमाडौंमा केवलकार चढ्न पाईने

नविन अर्याल
८ चैत, काठमाडौं । शहरबाट नजिकै घुम्ने र मनोरञ्जन लिने उपयुक्त गन्तव्यको अभाव खेपिरहेका लाखौं राजधानीबासीले छिट्टै मनोरञ्जनको नयाँ गन्तब्य पाउनेछन् । 

मुख्य शहरबाट केही किलोमिटरको दुरीमा रहेको थानकोटबाट केवलबार चढेर चन्द्रागिरी पुगी आनन्द लिन अब केही महिनामात्र कुरे पुग्छ ।
दशैंसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको केवलकार निर्माण अहिले ६५ प्रतिशत सम्पन्न भइसकेको छ ।
चन्द्रागिरी डाँडालाई थानकोटबाट केवलकार मार्फत जोडेर मुलुककै नुमना पार्कका रुपमा विकास गर्न लागिएको छ । गोदामचौरबाट चन्द्रगिरीसम्म केवलकारको दुरी साढे दुई किलोमिटर रहनेछ । जहाँ केवलकारबाट ८ मिनेटमै पुगिन्छ ।
काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरी डाँडाको ७ सय २० रोपनी जग्गा ४० वर्षका लागि सरकारसँग भाडामा लिएर मेगा परियोजना निर्माण गर्न लागेको हो । केबलकारको बटम स्टेशन गोदामचौरमा भने ५५ करोड रुपैयाँमा सय रोपनी जग्गा खरिद गरिएको छ ।

Source: onlinekhabar.com

,

0 comments

Write Down Your Responses