प्रताप लामा बने तेस्रो नेपाली तारा

२०७१ फाल्गुन २२ शुक्रबार

काठमाडौं : मोरङका प्रताप लामा तेस्रो नेपाली तारा बन्न सफल भएका छन् ।


शुक्रबार काठमाडौंको आर्मी अफिसर्स क्लबमा भएको फाइनल प्रतिस्पर्धामा अन्य दुर्इ प्रतिस्पर्धीलार्इ पछि पार्दै लामा तेस्रो नेपाली तारा बन्न सफल भएका हुन् ।

गत भदौबाट शुरु भएको तेस्रो नेपाली ताराको प्रतिस्पर्धामा लामाले चितवनका सुरेश लामा र सुनसरीको इटहरीका देवेश रार्इलार्इ पछि पार्दै उपाधिसहित दुर्इ लाख ५० हजार रुपैयाँ पनि हात पार्न सफल भए ।


उपाधि विजेता प्रताप नेपाली ताराको दोस्रो सिजनका फस्ट रनरअप सूर्य किरण लामाका भाइ हुन् । उनी रेष्टुरेण्टहरुमा गीत गाउँदै आएका छन् ।

प्रतियोगिताको फस्ट रननरअप इटहरीका देवेश रार्इ र सेकेन्ड रनरअप चितवनका सुरेश लामा भए ।

0 comments

Write Down Your Responses