मृतकको आवाज सुन्न सकिने उपकरण !


एजेन्सी । थोमस एल्भा एडिसनको एउटा यस्तो महत्वकांक्षा थियो भन्नेबारेमा थोरै मानिसहरुलाई मात्र जानकारी छ ।
फ्रान्समा यसै साता पुर्नप्रकाशित हुन लागेको यी आविष्कारकको संस्मरणको ‘बिर्सिएको बिचार’ अनुसार यस्तो यन्त्रको निर्माणको बारेमा थियो, जसका सहायताले मृतकको आवाज सुन्न सकिने अनुमान थियो ।
गल्तीबारे थाहा पाउने फोनोग्राफी मेसिनजस्तै यसले आत्माको कुरा रेकर्ड गर्न सक्छ । एडिसन (१८४७–१९३१) ले आफ्नो प्रयासका बारेमा विस्तारमा बर्णन गरेका थिए ।
उनको मृत्युपछि सन् १९४८ मा ‘डायरी एण्ड सण्ड्री अब्जरभेसन’ को अन्तिम अध्यायमा प्रकाशित भएको छ । आश्चर्यजनक रुपमा रहस्पूर्ण तरिकाले पुस्तकको अंग्रेजी भाषाको संस्करणमा उक्त कुरा प्रकाशित भएन ।
अमेरिकाका केही मानिसहरुले यसलाई एडिसनको ठट्टा मान्दथे किनभने स्पिरिट फोनको कुनै डिजाईज कहिल्यै आएन । फ्रान्समा एडिसनको मूल डायरीको १९४९ को फ्रेन्च अनुवादको छुटेको अन्तिम अध्याय सुरक्षित राखेको थियो ।
आगामी बिहीबार फ्रान्सका पाठकहरुले एडिसनको असामान्य सवाल ‘ला रोयुमे दे ल ओ–डेला’ अर्थात ‘मृत्युपर्यन्त जीवनको साम्राज्य’ नामको पुस्तकमा पढ्न सक्नेछन् । यो यसको पुर्नप्रकाशन हो ।
एडिसनले कल्पना गरेजस्तै मृत मानिसको आवाज सुन्न सकिन्थ्यो या सकिदैन थियो तर एक अर्थमा यो किताब उनको मृत्युपछि पनि आविष्कारमा उनको उत्कट चाहानालाई सम्झाइ रहने परिचायक बन्नेछ ।

0 comments

Write Down Your Responses