हुने खाने र हुँदा खानेका लागि छुट्टा छुट्टै स्कुल, ६ गतेदेखि विद्यालयमा आम अडताल
Apr 17, 2015
४ बैसाख, काठमाडौं ।
नीजि विद्यालयहरुले शुल्क बढाएपछि शैक्षिक संस्थाहरुमा अन्यौललता उत्पन्न भएको छ । शैक्षिक सत्र शुरु पए पनि पढाई अझै शुरु हुन सकेको छैन । विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनले ५ गतेसम्म शूल्क नघटाए ६ गतेदेखि देशभरका विद्यालयमा आम अडताल गर्ने घोषणा गरिसकेका छन् । विद्यालय सञ्चालक भने विद्यार्थीले कुरै नबुझी विरोध गरिरहेको आरोप लगाएका छन् । सरकार भने मौन छ ।
निजि विद्यालयहरुको छाता संगठन प्याप्सनले संयुक्त विद्यार्थी संगठनले कुरै नबुझि आन्दोलन थालेको आरोप लगाएको छ । निजि विद्यालयहरुले विद्यार्थी भर्ना तथा मासिक शुल्कमा चर्को बृद्धि गरेको भन्दै मूल्यबृद्धि फिर्ता लिन माग गरेको प्रति असन्तुष्टि जनाउदै प्याब्शनले विद्याथीहरुले बिषय नबुझेरै आन्दोलन थालेको दाबी गरेको हो ।
प्याबशनका महासचिब डिके ढुङ्गानाले बिशिष्ठ, क, ख र ग श्रेणीअनुसार आफुहरुले गरेको शुल्क निर्धारण बैज्ञानिक भएको दाबी गरे । ‘तीन महिना अघि नै शिक्षा कार्यालयबाट पारित भएर आएको निर्णय अनुसार रकम निर्धारण गरिएको छ भने त्यो कसरी अबैज्ञानिक भयो ?’ महासचिब ढुङ्गानाले प्रश्न गरे, ‘वास्तबिकताका लागि त आधिकारिक फाईल हेर्नुपर्छ, यत्तिकै बिरोध गरेर हुदैन ।’
महासचिब ढुङ्गानाका अनुसार ग बर्गको विद्यालयले सुधार गरेर ख बर्गमा पुग्यो भने २५ प्रतिशत शुल्क बढाउन सक्छ भने ख बर्गको विद्यालय क बर्गमा पुगेमा ५० प्रतिशत शुल्क बढाउन पाउँछ । सोही अनुसार विद्यालयहरुले शुल्क निर्धारण गरेको प्याबशनको दाबी छ ।
तर विद्यार्थी संगठनहरुले भने निजि विद्यालयहरुले मनपरी शुल्क निर्धारण गरेको भन्दै आन्दोलन जारी राखेका छन् । शिक्षामा व्यापारीकरण फस्टाएको र बर्ग निर्धारण हुन नहुने भन्दै संयुक्त विद्यार्थी संगठन आन्दोलनमा छन् । ‘निजि विद्यालयहरुले जसरी हुन्छ पैसा लिने दाउमा छन्, हामी जसरी हुन्छ महंगो शुल्क तिर्न हुदैन भन्ने पक्षमा, अनेरास्वीयुका प्रवक्ता आरसि लामिछानेले भने, ‘बिशेष नियमावलि बनाएर सबै विद्यालयहरुलाई एउटै दर्जामा राख्नुपर्छ भन्ने हाम्रो माग हो ।
यसमा सरकारले पनि गल्ति गरेको उनको ठम्म्याई छ ।‘जथाभावी शुल्क बढ्दा पनि सरकार मौन हुनुले सरकार पनि शैक्षिक व्यापारीसंग मिलेको प्रष्ट हुन्छ, प्रवक्ता लामिछानेले भने । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी भने बिधि अनुसार नै शुल्क बढेको जस्तो देखिएपनि देशभरी भएका फरक फरक शुल्क निर्धारणले प्रश्न भने उठाएको बताए ।‘घाटा लागेका विद्यालयमा शिक्षकलाई तलब मिलान गर्नकै लागि पनि शुल्क बढेको देखियो जुन गलत हो, अध्यक्ष भण्डारीले भने, ‘निजि विद्यालयले चर्को शुल्क तोक्ने, हामी चुप लागेर तिर्ने, हामीले तिरेको सरकार टुलुटुलु हेर्ने ।यसैगरी समस्या भएको छ ।’कतै कतै सामान्य रुपमा निर्धारण भएजस्तो देखिएपनि देशभरी देखिएको भिन्न भिन्न शुलक निर्धारणले प्रश्न भने उठाएको उनको भनाई थियो ।
शिक्षा बिभागका महानिर्देशक खगेन्द्र नेपालले निजि विद्यालयमा देखिएको समस्या समाधानमा आफुहरु गम्भिर भएर लागेको बताए । ‘हामी समस्या समाधानका लागि गम्भिर छौ, महानिर्देशक नेपाले भने, ‘छिटै छलफल गरेर यसलाई टुङ्ग्याउने कोशिश गर्नेछौ ।’
बिगत ३ बर्षसम्म नबढेको शुल्क यो बर्ष बढाईएको हो । जसमध्ये रुपन्देहीमा ११ प्रतिशत ललितपुर २०, काठमाडौमा २२, कैलालिमा ३०, मोरङमा ३८ र नवलपरासिमा सबैभन्दा धेरै ४१ प्रतिशत शुल्क बढेको छ ।
0 comments
Write Down Your Responses