आजको राशिफल : आज मिति २०७२ साल वैशाख ०३ गते बिहिवार

आज मिति 2015-04-16 तारिख, २०७२ साल वैशाख ०३ गते बिहिवार, वैशाख कृष्णपक्ष द्वादशी तिथि अनुसार तपाईंको राशी यस प्रकार छ
मेष (चू चे चो ला ली लु ले लो अ)

भूमिवाहन लाभ होला । पारिवारिक मान प्रतिष्ठामा आँच आउन सक्छ । इच्छित बस्तुको लाभ भएपनि नसोचेको कुरामा खर्च होला । मित्रतामा खलल आउन सक्छ । अध्ययन अध्यापनमा रुची बन्ने छ । समाजिक काममा मन लाग्ने छ । बिदेशिक क्षेत्रबाट सोचे अनुसार लाभ हुनेछ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

विवादमा परिने भय रहेको छ । नोकरी र सामाजिक कामबाट लाभ हुनेछ । परिवारमा अनावश्यक समस्या देखा पर्ने छन् । पशुपालन आदिबाट प्रतिफल प्राप्त गर्न सहज पर्नेछ । गुमेको धन पाउने वा अचानक धन आउने योग रहेको छ । स्वास्थ्य भने प्रतिकूल रहला ।


मिथुन (का कि कु घ ङ छ के को हा)

सार्थक कार्यमा लगानी हुनेछ । सन्तान प्राप्ति योग रहेको छ । यात्रा कष्टकर रहला । आपसी मनमुटावले बन्न लागेको काम प्रभावित हुनेछ । थाहै नपार्इ बिग्रेको काम बन्ला । तपार्इको कार्य शैलीबाट मित्रजन प्रभावित बन्लान् । शिक्षामा लगानी योग रहेको छ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

सन्तानसम्बन्धी चिन्ताले सताउला । अनावश्यक झमेलामा फस्ने योग छ । आफ्नो स्थिति भन्दा बढेर काम गर्न खोज्नु हानीकारक हुनेछ । मित्रतामा समेत खलल पुग्ने खतरा रहला । दाजुभाइबीचको सम्बन्धमा सजग रहनु पर्ला ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

दाम्पत्य जीवनमा विचारको बेमेल देखिने छ । पूर्खौली सम्पत्तिमा झमेला आउला । स्वअध्ययनमा रुची हुनेछ । नोकरीमा सामान्य अपजस भोग्नु पर्ला । बिगतका तिता कुराले मानसिक चिन्ता बढ्ने छ । गुमेको धन प्राप्त गरिने छ । विचारमा स्पष्टता देखिएला ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

अनावश्यक झमेलाको सामना गरिएला । धनको अपव्यय, ऋणको उचित व्यवस्थापन गर्न विफल भइने छ । तपाईलार्इ लागेका झुठा मुद्दाको भने किनारा लाग्ला । व्यवसाय र कृषिबाट सोचेअनुसार लाभ हुनेछ । बैदेशिक क्षेत्रको कारोवार सन्तोषजनक नरहला ।


तुला (र री रु रे रो ता ती तू ते)
भाग्यले साथ देला । महत्वपूर्ण कार्यको शिद्धि योग रहेको छ । शरीरमा अनावश्यक आलस्यताले काममा ढिलाई होला । आफूमा वैचारिक विचलन देखिन सक्छ । आर्थिक कारोवार भने सफल रहला । अचानक धन आगमन हुने समय रहेको छ ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
अधुरा रहेका काम बन्नुका साथैपछि राम्रै लाभ हुने नयाँ कामको थालनी होला । कार्य क्षेत्रभित्र रहेर आफ्नो योग्यता देखाउने मौका छ । राजकाजका कुरामा समेत तपार्इको पक्षमा निर्णय आउने छ । विवादित अभिब्यक्तिबाट भने टाढै रहनु पर्ला ।


धनु (य यो भा भी भू ध फा ढ भे)
जग्गा खरिद, घर निर्माण र वाहनप्राप्तिको योग रहेको छ । ब्यापार क्षेत्रबाट राम्रै मुनाफा कमाइएला । इच्छित बस्तुको प्राप्ति, विवादित मुद्दाको छिनोफानो, आर्थिक लाभ हुने देखिएको छ । बैदेसिक कारोवार सोचे भन्दा राम्रो हुनेछ ।


मकर (जो जा जी खी खू खे खो गा गी)
खर्च अत्यधिक बढ्नाले ऋणमा डुब्ने खतरा रहेको छ । ब्यापारबाट घाटा खाइएला । शत्रु बढ्नाले निद्रा घट्ला । आर्थिक अपार्दर्सिताले पारिवारिक झमेला हुने खतरा रहेको छ । पुर्खौली सम्बन्धी धनमा झमेला आउला । गाडी, वाहनको प्रयोगमा पनि उत्तिकै सजग रहनु पर्ला ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
सामाजिक सम्मान र प्रतिष्ठाको योग रहेको छ । आज गरेको कामले दीर्घकालिन असर पार्नेछ । बैदेशिक कारोवार फलदायी हुनेछ । विवादबाट मुक्ति पाइने छ । सोचे भन्दा बढी मुनाफा कामबाट पाइएला । परिवारमा नयाँ कार्यको सिद्धि हुने समय छ ।


मीन (दि दू थ भ ञ दे दो चा ची)
अकस्मात कार्य हानी होला, बिशेष गरी आर्थिक कारोवार निराशाजनक रहने छ । आफन्तसँगको सम्बन्धमा बाधा आउन सक्ने छ । विवादित मुद्दा अरु पेचिला हुन पुग्लान् । व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेमात्र प्रतिफल राम्रो आउला अन्यथा बाधा रहला ।

0 comments

Write Down Your Responses