सलमान खान ऐश्वर्या बसेको कोठामा बास बसे
Feb 24, 2015
एजेन्सी ।
हुन त बलिउड सेलिब्रेटी अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्य रायको प्रेम विछोड भएको पनि वर्षौं वितिसक्यो । तर पनि उनीहरुको नाम जोडिइरहन्छ
।
सलमानले अहिले पनि आफ्नी पूर्व गर्लफ्रेण्ड ऐश्वर्या रायलाई भुलेका छैनन जस्तो देखिन्छ ।
पछिल्लो पटक सलमानको ब्यवहारले पनि यही कुराको पुष्टी गरेको छ । सलमान आफ्नो चलचित्र ‘प्रेम रतन धन पायो’ को सुटिङमा ब्यस्त छन् ।
यही चलचित्रको सुटिङका क्रममा गुजरात पुगेका सलमानले एक होटलमा यस्तो कोठा छाने जुन कोठा उनकी पूर्व प्रेमिक ऐश्वर्य रायलाई पनि मन परेको
थियो ।
‘ओरचार्ड प्यालेस’ भन्ने उक्त होटललमा सलमान र ऐश्वर्यको चर्चित ‘हम दिल दे चुके सनम’ को पनि सुटिङ भएको थियो । यही फिल्म सुटिङका क्रममा
ऐश्वर्या रूम नम्बर ४ मा बसेकी थिइन् । पछील्लो समय त्यहाँ पुगेका सलमानलाई पनि त्यही कोठा मन पर्यो ।
आफ्ना सामान अर्कै कोठामा राखेर पनि उनी त्यही रुममा बसेको बताइएको छ ।
0 comments
Write Down Your Responses