एसिड आक्रमणकारी जीवन विक जेल चलान
काठमाडौं ।
काठमाडौंको वसन्तपुरमा दुई किशोरीमाथि तेजाब आक्रमण गर्ने जीवन विक जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
न्यायाधीश स्वीकृति पराजुलीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । मुद्धाको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि पर्पक्षमा राख्न आदेश दिएको छ ।
अदालतको आदेशपछि विकलाई केन्द्रीय कारागार चलान गरिएको छ । जीवनविरुद्ध अधिकतम १२ वर्ष जेल सजायाको माग दाबी गर्दै अदालतमा मुद्धा दर्ता गरिएको थियो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जीवनले प्रेममा धोका पाएकै कारण जीवनले संगीतामा माथि एसिड हानेको तथ्य पत्रकार सम्मेलन मार्फत बाहिर ल्याएको थियो।
उनले एसएसली तयारी कक्षा लिइरहेकी संगीता मगर र सीमा बस्नेतलाई १० फागुनमा एसिड हानेका थिए।
0 comments
Write Down Your Responses