भावी मनसुन सुखद छैन सजक रहनुसः मौसमविद
१२ जेठ, भक्तपुर ।
मौसमविद्हरुले आगामी मनसुन सुखद् नभएकाले सजक भएर बस्न सबैसँग आग्रह गरेका छन । एकहप्ता पछि मनुसुन शुरु हुने र महाभूकम्पले पहाडका धेरै स्थानहरु धुजा धुजा परेकाले पहिरो जान सक्ने भन्दै सतर्क रहन विज्ञले आग्रह गरेका हुन ।
रफत सञ्चार क्लब भक्तपुरले मंगलवार गरेको कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनको मुनीको पानी सहतमा परिवर्तन देखापरेकाले वर्षातको समयमा थप जोखिम निम्तिन आग्रह गरे ।
नेपालका हिमताल फुट्न सक्ने खतरा भएको भन्दै सरकार अहिलेदेखि नै सजक हुनु पर्ने शर्माको भनाइ छ । ‘अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जानथालेको छ, वर्षातमा थप जोखिम हुन सक्छ, शर्माले भने, ‘जोखिम न्यूनिकरण गर्न विभाग एक्लैले मात्र केही गर्न नसक्ने र पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजक रहनु पर्छ ।’
मौसमविद् एवं जल तथा मौसम विज्ञान केन्द्रिय विभाग किर्तिपुरका उपप्राध्यापक डा. मदन सिग्देलले अहिले पूर्व मनसुन शुरु भइसकेकाले अहिलेदेखि नै मौसम प्रतिकुल बन्न थालेकाले आमनागरिक सतर्क हुनु पर्ने बताए । प्रतिकुल मौसममले कृषि क्षेत्र असर पार्ने हुँदा सरकार बेलैमा सजक रहनुपर्ने उनको भनाई थियो ।
अहिले भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र गोर्खामा झन् बढि जोखिम हुन सक्ने हुँदा आमनगारिक र सरकार सचेत बन्नुपर्नेमा डा. सिग्देलले जोड दिए ।
उनले जमीनको सतहमा पानि परिवर्तन र त्यसलाई व्यवस्थापन गर्ने कुनै माध्यम नहुनुका साथै डिप बोरिगं जस्ता विषयलाई न्यूनिकरण गर्नु पर्नेमा जोड दिए ।
अर्का मौसमविद् सुदिप कायस्थले वर्षातको समय प्रतिकुल हुने भएकाले किसानलाई सबै भन्दा बढि मार पर्ने बताए । भूकम्पले फाटेको जमिनबाट पानी तल छिर्ने र त्यसले पहिरो निम्त्याउन सक्ने हुँदा सजक रहन पर्ने उनको भनाई थियो ।
0 comments
Write Down Your Responses