२०७२ जेठ ११ गते
कालीगण्डकीमा पहिरो खसेको २४ घण्टा नबित्दै म्यादीमा अर्काे संकट आइपरेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार म्यादीमा आज विहानदेखि बेलुका पाँच बजेसम्म चार पटक भूकम्पका धक्का महसुस भएका छन् ।जसका कारण स्थाीनय झन त्रसित बनेका छन् ।
यद्यपी भूकम्प मापन केन्द्र ति धक्काहरुको मापन गरेको छैन् । बैशाख १२ गतेको महाभूकम्प पछि पराकम्पन आउने क्रम बढीरहेका बेला पश्चिम तर्फ पनि भुकम्पका धक्का महशुस हुन थालिएको हो ।
सोमबार मात्रै म्याग्दी जिल्लाको दक्षिण क्षेत्रलाई केन्द्रविन्दु बनाएर विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म ४ वटा छुट्टाछुट्टै स्केलका भूकम्पका पराकम्पन आएका छन् ।
पराकम्पन आउने क्रम नरोकिएपछि म्याग्दी जिल्लाको ताकम, शिवाङ, लुलाङ र खिवाङ लगायतका गाविसमा सञ्चालित विद्यालयहरु दिउँसै बन्द गरिएको छ ।
म्याग्दीको लुलाङ गाविस २ मा सञ्चालित खोरिया निमाविका शिक्षक तेजेन्द्र पुनले भूकम्पको झट्काहरु थपिँदै गएपछि स्रोत केन्द्रको अनुमतिमा विद्यालय दिउँसो देखि बन्द गरिएको जानकारी दिए ।
उनले विहान ८ बजे, दिउँसो १२ बजे र १ बजेको अन्तरमा ४ पटक सम्म झट्काको महसुस गरिएको बताए । राष्ट्रिय भुकम्प मापन केन्द्रले समेत मापन नगरिएका ३ देखि ३ दशमलव ३ सम्मका ४ वटा पराकम्पन म्याग्दी जिल्लालाई केन्द्रबनाएर गएको जानकारी दिएको छ ।
केन्द्रका प्राविधिक अधिकृत उमेश गौतमले दिएको जानकारी अनुसार यस अघि पनि साना झट्काहरु म्याग्दी जिल्लालाई केन्द्रबनाएर जाने गरेको भएपनि आजको कम्पन स्थानीयबासीहरुले महसुस गर्ने गरी आएको बताए । उनले सर्वसाधारणहरुलाई यसबाट कुनै क्षति नहुने भन्दै नआत्तिन अनुरोध समेत गरेका छन् ।
स्रोत - दैनिक नेपाल
पहिरोपछि म्याग्दीमा लगातार ४ वटा भूकम्प, दिउँसै विद्यालय बन्द
0 comments
Write Down Your Responses