‘ज्योतिषशास्त्रले भूकम्पकोे भविष्यवाणी गर्दैन’
काठमाडौं, ६ जेठ । पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले ज्योतिषशास्त्रले भूकम्पको भविष्यवाणी नगर्ने बताउदै ज्योतिषीहरुको हवाला दिदै भूकम्प सम्बन्धमा फैलाइएका भ्रमको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
भूकम्पबाट मुलुकको जनजीवन भयभीत भएको बेला सत्यतथ्ययुक्त समाचारसामग्री सम्प्रेष्ण गरेर त्यसलाई सामान्य बनाउने प्रयासमा रासससँगको कुराकानीमा उहाँले ज्यातिषशास्त्रले केवल आकाशीय ग्रह र तिनले पार्ने असरका सम्बन्धमा मात्र व्याख्या गर्ने बताउनुभयो ।
“ज्योतिषशास्त्रले आकाशीय ग्रह गति तथा तिनले पार्ने असर सम्बन्धमा मात्रै अध्ययन गर्छ । भूकम्प सम्बन्धमा व्याख्या गर्ने भूगर्भविद्हरुले हो । ज्योतिषशास्त्रलाई जोडेर भूकम्पको भविष्यवाणी गर्न मिल्दैन ,” आकाशीय ग्रह गति अनुसार यो वर्ष शनि ग्रह राजाको स्थानमा र मङ्गल ग्रह मन्त्रीको स्थानमा रहेको उहाँले जानकारी दिँदै उहाँले भन्नुभयो ।
शनि ग्रहको शत्रु मङ्गल ग्रह भएकाले यो वर्ष यी दुई ग्रह एउटा राजा र अर्को मन्त्रीको स्थानमा रहेकाले राज्यको अपेक्षित सुख शान्तिमा भने नकारात्मक प्रभाव पार्ने दृष्टिगोचर भएको उहाँले बताउनुभयो । रासस
0 comments
Write Down Your Responses