भूकम्प पीडितको संवेदनामा खेलवाड, राहतमा कुहिएको चामल, थोत्रा कपडा र च्यातिएको मोजा

काठमाडौ ।


बिनाशकारी भूकम्पबाट आफ्न्त र घरबास गुमाएर ठुलो विपत्तीमा परेका परिवारको संवेदनामा खेलवाड गर्न थालिएको छ । पीडित परिवारलाई राहतका नाममा च्यातिएका कपडा, कुहिएको चामल समेत वितरण गर्न गरिएको छ । रामेछाप र सिन्धुलीमा विभिन्न समुहबाट वितरण गरिएका राहतमा च्यातिका मोजो, पुराना कपडा र कुहिएको चामल वितरण गरिएको छ ।
रामेछापका भूकम्प पीडितका लागि भारतको सिक्किमबाट राहत पठाइएको थियो । पठाइएको राहतमा पुराना थोत्रा कपडा, च्यातिएका मोजा पनि समावेश गरिएका छन् । राहतमा थात्रो कपडा, च्यातिएका मोजा, गन्जी फेला परेपछि पीडितहरु आक्रोसित भएका थिए ।
त्यसैगरी सिन्धुपाल्चोकको स्याउलेमा लगभग ७० घर परिवार विस्थापित भएका छन् । भूकम्प गएदेखि भोको पेट खुल्ला आकाशमा बस्दै आएका स्याउलेबासीका लागि काठमाडौंमा क्रियासिल एक गैरसरकारी संस्थाले चामल पुरयाएको थियो । उक्त चामल खान नमिल्ने प्रकृतिको भएको स्थानीय रवी थापाले बताए । आधा कुहिएको चामल वितरण गर्न गैरसरकारी संस्था स्याउले पुगेको थियो । ‘राहत पाएपछि हामीले खुसी हुँदै चामल लियौ, पछि थाहा भयो चामल त कुहिएको रहेछ,’ थापाले भने ।
राहत वितरण गर्ने भन्दै अभियान नै चलाएका कतिपय संघ संस्थाको ब्यवहारले पीडितलाई थप पीडा दिन थालेको छ । उनीहरुको संवेदनामा खेल्ने सम्मको काम भइरहेको छ ।
तस्विरः अनलाइन खवरबाट

0 comments

Write Down Your Responses