बेलायतले १ अर्ब ५८ करोड रुपैया सहयोग गर्ने
काठमाण्डु, ६ जेठ–
प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेकि संयुक्त अधिराज्य बेलायतको अन्तराष्ट्रिय विकास विभाग(डीएफआइडी)की सचिव तथा विधायिका सदस्य जस्टिन ग्रिनले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेट गरेकि छिन् ।
भेटका अवसरमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पु¥याएको क्षति, उद्धार,राहत पुनस्थापना, पुनर्निर्माण ,नेपाल र बेलायतको सम्बन्ध सहितका विषयमा कुराकानी भएको थियो ।
भेटमा सभासद् ग्रिनले संयुक्त अधिराज्य बेलायतले नेपालका भूकम्प पीडितका लागि झण्डै १ अर्ब ५८ करोड (१ करोड व्रिटिस पाउण्ड) रुपैया सहयोग गर्ने घोषणा गरिन् ।
प्रधानमन्त्री कोइरालाले नेपालले ८२ बर्षका अन्तराल पछि सबैभन्दा ठूलो विपद्को सामना गर्नु परेको र निकटका छिमेकी भारत र चिन सहित नेपालको विकासका साझेदार बेलायत,अमेरिका जापान,यूरोपेली मुलुक सहित दक्षिण एशिया,पूर्वी एशिया , एशिया प्रशान्त, मध्यपूर्वका मुलुकहरुले खोजी, उद्धार, उपचार र राहत कार्यमा खुला हृदयले सहयोग गरेको बताएका थिए ।
बैशाख १२ गतेको ठूलो भूकम्प र त्यसपछिका पराकम्पनहरु गैरहे पनि अब खोजी र उद्धारको चरण समापनतिर पुग्न लागेको र राहत र अस्थायी पुनस्थापनाको काम आरम्भ भएको भन्दै प्रधानमन्त्री कोइरालाले पुनस्थापना र पुनर्निर्माणको काममा नेपाललाई ठूलो स्रोत साधनको आवश्यकता रहेको बताएका थिए ।
0 comments
Write Down Your Responses