भूकम्पको समयमा भारत दुश्मन बन्दा चीन दोस्तः भारतीय मिडिया विश्लेषण
२८ बैशाख, काठमाडौं ।
नेपालमा विनाशकारी भूकम्प आएपछि छिमेकी मुलुकहरु सहयोगका लागि प्रतिस्पर्धा गरिरहेका छन् । कुन देश कति धेरै भूकम्पपीडितसम्म पुग्न सक्ने भन्ने भित्री प्रतिस्पर्धा चलिरहेको छ ।
मुख्यतया छिमेकी मुलुक भारत र चीनले नेपाली भूकम्प पीडितका लागि साँच्चिकै गुन लगाएका छन् । तर यही समयमा आएर भारतीय भूमिका र त्यहाँको मिडियाबारे भने चर्को बहस चलिरहेको छ । यो बहस नेपाल र भारतमा मात्र होइन विश्वका प्रमुख सञ्चार माध्यममा प्रमुख मुद्धा बनिरहेको छ ।
भारतको चर्चित अखवार टाइम्स अफ इण्डियाको सब्सिडेरी नवभारतटाइम्सले भूकम्पको समयमा भारत कसरी दोस्तबाट दुश्मन बन्यो र चीन कसरी झनै नजिकियो भन्ने विश्लेषण प्रकाशित गरेको छ ।
नेपालका केशव प्रधानद्वारा लिखित उक्त विश्लेषणमा भारतको बढी कुरा गर्ने र चीनले नबोली काम गर्ने शैलीका कारण यस्तो अवस्था आएको
नेपालमा भारतीयहरु बढी बोल्ने कम गर्ने र चिनियाँ कम बोल्ने धेरै गर्ने आमधारणा रहेको भन्दै प्रधानले विपत्तिको समयमा भारत एकाएक दोस्तबाट दुश्मन जस्तो बन्न गएको अवस्था यसकी परिणाम भएको विश्लेषण गरेका छन् ।
नेपालमा चाहिएको समयमा भारतीय हस्तक्षेपलाई स्वागत गर्ने र मन नपर्दा विरोध गर्ने प्रवृत्ति रहेको समेत उनले यो आलेखमा संकेत गरेका छन् ।
राजा त्रिभुवनका पाला देखि नै यस्तो प्रवृत्ति रहेको र पछिल्लो समयमा समेत यो धारण नहटेको उनको भनाइ छ ।
नेपालको सत्ता संघर्षमा भारतको भूमिकाका कारण पनि नेपालमा भारतप्रति नकारात्मक धारणा रहेको र सन् १९६० मा विपी कोइरालाको सरकारलाई बर्खास्त खर्दा देखि यो कुरा सतहमै देखिने गरेको उनको भनाइ छ ।
उनले नेपाल कहिले पनि कुनै देशको गुलाम नबनेको कुरामा नेपाली गर्व गर्ने र नेपालमै लोकतन्त्र र प्रभावशाली मिडिया रहेका कारण पनि भारतीय हस्तक्षेप र भारतीय मिडियाको शैली संकटमा परेको विश्लेषण उनले गरेका छन् ।
भारतीय प्रचारबाजी भन्दा चुपचाप सहयोगमा जुट्ने चिनियाँ शैली नेपालीले मन पराएको उनको आलेखको निष्कर्ष छ ।
0 comments
Write Down Your Responses