२ घन्टामा बन्ने १२ हजारको टहरा !

जेठ १२ 
भूकम्पले अहिले देशभरका झन्डै ५ लाख घरमा क्षति पुर्‍याएकाे छ ।  

एक महिनासम्म आएको भूकम्पका पराकम्पका कारण मानिसहरु त्यही घरलाई मर्मत गरेर बस्न सकेका छैनन । घर बनाउने त परको कुरा ।





वर्षा याम शुरु हुन अब धेरै समय पनि बाँकी छैन् ।  यस पटकको वर्षामा प्राय नेपालीहरुको बास सडक छेउ र चौरमा पालमुनी नै हुने लगभग निश्चित नै छ । युवा संघ नेपालले भक्तपुरमा १ हजार अस्थायी टहरा बनाउने घोषणा अनुरुप ४ सय बनाइसकेको छ । कतिपयस्थानमा त उसले स्थानीयलाई हस्तान्तरण गरिसकेको छ । मंगलबार उसले भक्तपुरको तिथली र किवाचोकमा ९० वटा घर र १० वटा गोठ स्थानीयलाई हस्तान्तरण गरेको छ । 

युवा संघले बनाएको टहरा निर्माण गर्न १२ हजार २ सय लाग्ने उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए । '२ जनाले २ घन्टामा १२ हजार २ सयमा घर बनाउन सक्छन्' उनले भने, त्यसमा श्रमको ज्याला भने जोडिएको छ । 

'घर बनाउन लाग्ने श्रम पनि युवा संघले व्यहोरेको छ,' मन्त्री बस्नेतले भने ।  टहरा बनाउन १२ फुटको ९ वटा जस्ता, ३ वटा पाइप र ६ वटा डन्डी, किलाकाटीको आवश्यक पर्छ ।

भत्किएका घरबाट पनि निस्केका मेटिरियल त्यसमा प्रयोग गर्न मिल्छ । हावा हुरीबाट पनि त्यस्ता घर सुरक्षित हुने उनले बताए। आर्थिक अवस्था कमजोर भएकाहरुलाई पहिचान गरी घर बनाइदिएको उनले बताए ।
मन्त्री बस्नेतका अनुसार १ हजार टहरा बनाउन १ करोड २२ लाख लाग्छ ।

युवासंघले त्यत्रो रकम कसरी जोहो गर्छ त भन्ने प्रश्नमा संघका उपाध्यक्ष गोविन्द थापा भन्छन्, 'हामीले पदाधिकारीबाट ४ ला  रुपैयाँ उठायौं, बाँकी केही व्यवसायीले सहयोग गरेका हुन् । कुन व्यवसायीले सहयोग गर्यो भन्ने उनले खुलाएनन् ।' 

'हामीले कसैसँग रकम मागेका छैनौ' उनले थपे, 'काम गर्दै जादाँ हामीलाई सहयोग दिन आउने सहयोगी हातहरु धेरै भए, त्यही आँटले टहरा बनाउन लागेका हौं ।'  युवा संघले भक्तपुरमा बनाएको जस्तै घर सर्वसाधारणले पनि बनाउन सक्छन् । त्यसका लागि कुनै ठूलो रकम र कामदार चाहिदैन उनले भने ।

रामबहादुर श्रेष्ठ, उनकाे घर भूकम्पले ध्वस्त बनाइदिएकाे छ । युवा संघले बनाएकाे घरमा उनी । रकम अभावका कारण अर्काे घर नबनाउने र यसैमा बस्ने उनले बताए ।

0 comments

Write Down Your Responses