४ रेक्टर स्केलको भूकम्प अझै केही दिनसम्म आउछन्ः भुकम्पविद्
May 5, 2015
२२ बैशाख, भक्तपुर ।
भूकम्पविद् सोमनाथ सापकोटाले गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्प भएकाले पराकम्प आउन अझै आउन सक्ने भन्दै सहज रहन आग्रह गरेका छन् । तीनदेखि चारेकार रेक्टर स्केलको भूकम्प अझै पनि केही दिनसम्म जाने सक्ने भन्दै यस्तोे अवस्थामा आत्तिएर भाग्नु भन्दा सहज रहनु उपयुक्त हुने बताए ।
रफत सञ्चार क्लब भक्तपुरले मंगलवार गरेको साक्षतकार कार्यक्रममा उनले यो भूकम्प शक्तिशाली भुकम्प भएकाले पराकम्प जाने संभावना जारी रहने बताए ।
उनले भने‘अहिले एकपछि अर्को भूकम्पको पराकम्प जाने समयावधि दुर हुँदै गएकाले क्रमिक रुपमा यो पराकम्प पनि कम हुँदै जाने बताए । पराकम्पन जाने क्रम अहिले केही कम भइसकेको र क्रमिक रुपमा अब कम हुँदै जाने उनको भनाइ छ ।
चर्केर बस्न नहुने भएका घरहरुलाई इन्जिनियरहरुलाई परिक्षण गर्न लगाएर मात्र बस्न आग्रह गर्दै सापकोटाले त्रासमा भने नरहनका लागि उनले आम नागरिकलाई आग्रह गरे ।
गोरखाको बारपाखदेखि सिन्धुपालचोकसम्म १३० किलोमिटर दुरीमा गएको भूकम्प भएकाले अहिले गएको पराकम्प पनि यसैको सेरोफेरोमा जाने भएकाले सहजक रहनुपर्ने सापकोटाको भनाइ छ ।www.nepaliheadlines.com
0 comments
Write Down Your Responses