अपार्टमेन्टका मालिकहरूको भागाभाग, पार्क होराइजनका मालिक बेपत्ता

काठमाडौं, २९ जेठ ।

 पार्क भ्यु होराइजनका मालिक रविकुमार जयपुरिया दुई सय १० अपार्टमेन्ट प्रयोगकर्ताहरुको अर्बौ रुपैयाँ लिएर भागेका छन ।
वैशाख १२ गतेको भूकम्पका कारण अपार्टमेन्ट बस्नै नमिल्ने गरी चर्केपछि अपार्टमेन्टबासीहरुले रकम फिर्ता गर्न वा अर्को कुनै प्रबन्ध गर्न जयपुरियालाई पटक पटक फोनमार्फट दबाब दिएको आर्थिक दैनिकले छापेको छ ।


भूकम्पका कारण अपार्टमेन्ट चर्केपछि अपार्टमेन्टबासीको दबाब झेल्न, कारबाहीबाट बच्न नसकिने देखिएपछि जयपुरिया कसैलाई थाहै नदिइ भारतको जयपुर भागेको स्रोतले बतायो ।

0 comments

Write Down Your Responses