‘प्रभू’को दर्शन भेट नपाएपछि निराश भएर फर्कैदै यी मन्त्री
काठमाडौं, २९ जेठ । भारत भ्रमणमा रहेका अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार भेट्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा स्थगित भयो।
महतले मोदीलाई शुक्रबार भेट्ने सम्भावना पनि लगभग नरहेको बताइएको छ।
स्रोतका अनुसार अर्थमन्त्री महतसँग बुधबार भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री मोदीलाई आफूमार्फत निमन्त्रणा जानुपर्ने संकेत गरेकी थिइन्।
‘स्वराजले आफूमार्फत नै मोदीलाई निमन्त्रणा दिन महतलाई संकेत गरेको हुनुपर्छ’, जानकार स्रोतले भन्यो, ‘महतले भने आफैंले व्यक्तिगत रूपमा मोदीलाई भेटेरै निमन्त्रणा हस्तान्तरण गर्न खोजेको देखिन्छ।’
मोदीसँगको बिहीबारको भेटघाट स्थगित भएसँगै उनको नेपाल भ्रमणसमेत अनिश्चित देखिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
महतसँगको भेटमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतबाट कोही न कोही दाता सम्मेलनमा सहभागी हुने बताएका थिए।
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री सुशील कोइरालाबीच बिहीबार बिहान टेलिफोन वार्ता भएको छ।
कुराकानीमा मोदीले नेपालले गर्न लागेको दातृ सम्मेलनमा सघाउन तयार रहेको बताएका थिए।
मोदीले सम्मेलनमा आफ्नो सहभागिताबारे कुनै टुंगो नरहेको बताएको भारतीय प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कुराकानीमा मोदीले नेपालले पुनर्निर्माण तथा पुनस्र्थापनामा लिने निर्णयहरूको भारतले सम्मान गर्ने आश्वासन दिएका थिए।
0 comments
Write Down Your Responses