नाशाले २.३ करोड डलर खर्च गर्दैछ सुपरसोनिक विमान बनाउन (फोटो फिचर)
सन् १९७६ देखि सन् २००३ सम्म कनकर्ड नामक एक विमानले मानिस बोकेर उड्थ्यो। यो विमान र एक अर्को विमान ‘टुपोलेभ टु -१४४’ मात्र ध्वनीको गति भन्दा बढी गतिमा उड्न सक्थ्यो। केवल यी दुइ विमान मात्र यस्ता थिए जसले सुपरसोनिक गतिमा व्यावसायिक रुपमै मानिस उडाउथ्यो।
कनकर्ड विमान
‘ब्रिटिस एयरक्राफ्ट कर्पोरेशन’ र ‘एरोस्पेइसल’ कम्पनी मिलेर बनाएको यो कनकर्ड विमानले ९२ र १२८ मानिस राखेर ध्वनीको गति भन्दा दुइगुणा छिटो ( म्याक २.०४) गतिमा उडेको रेकर्ड राखेको थियो। पहिलो उडान सन् १९६९ मा गरेपछि, सन् १९७६ देखि २७ वर्षसम्म व्यावसायिक उडान भरेको थियो कनकर्डले।
सन् २००३ अक्टुबर २४ पछि यसले उडान भर्न छोड्यो, यो संगै सुपरसोनिक गतिमा उडान भर्ने उड्डयन प्राधिकरणको सपना सपनामै रह्यो।
अहिले दशौं वर्ष देखि नाशाले यो सपनालाइ ब्युत्याउन सुपरसोनिक विमान बनाउने प्रोजेक्टमा २.३ करोड डलर खर्च गर्दैछ। सुपरसोनिक विमानको लागि विभिन्न आठ वटा प्रोजेक्टहरु बाट यसका प्राविधिक चुनौतीहरु समाधान गर्न नाशा लागिपरेको छ। सुपरसोनिक गतिले पार्ने प्रभाव र यसबाट निस्कने आवाज कम गर्ने नाशाको प्रमुख उद्धेश्य हुनेछ।
भ्यालकिरी, नाशाले बनाएको विमानको मोडल जुन वास्तवमा कहिल्यै बनाइएन
जमिनको माथी सुपरसोनिक गतिमा उड्दा यसको ध्वनीले गर्दा पैदा हुने कम्पन (सोनिक बुम) सबैभन्दा ठुलो चुनौती रहेको नाशा बताउछ। स्ट्राटोस्फेएर जुन वायुमण्डलको दोस्रो तह हो, यो तहमा सुपरसोनिक विमान उडाउदा ओजोनमा पनि प्रभाव पर्ने देखिएको छ। वायुमण्डलमै यसरी असर गर्ने देखिएकोले यस सम्बन्धि अध्ययनको लागि १.२ अर्ब खर्च हुने नाशा बताउँछ।नाशाले यसरी वायुमण्डलमा पर्ने असर, सोनिक बुमले विमान तथा बाह्य वातावरणमा गर्ने ध्वनी प्रदुषण, कम आवाज आउने गरि बनाइने इन्जिन, आदी जस्ता फरक फरक प्रोजेक्टको लागि बजेट छुट्याएर काम सुरु गरेको दशकौं भइसकेको छ
सन् २०१२ मा नाशाले X-48C नामक ‘हाइब्रिड विङ वडी’ विमानको सफल प्ररिक्षण पनि गर्यो। यो विमान भित्र मानिस अनि सामान राख्नको लागि ठुलै ठाँउ बनाइएको थियो। त्रिभुजको जस्तो आकारमा बनाइएको यो विमान गुप्तचर विमान जस्तो देखिन्थ्यो अनि सजिलै हावा काट्नसक्ने गरि बनाइएको थियो।
नाशाले दशकौं देखी करोडौं डलर खर्च गरि बनाउदै गरेका यस्ता विमानहरु सहि प्रयोजनलागि अनि मानिसकै हितमा प्रयोग भए बल्ल यो प्रोजेक्टको सार्थकता सिद्ध हुन्छ।
0 comments
Write Down Your Responses