सामुदायिक विद्यालयकी छात्रा भावनाले ल्याइन् ९३.८७ %

रुपन्देहीको सामुदायिक विद्यालयकी एक छात्राले एसएलसीमा ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छन् ।


शान्ति नमुना उच्चमावि मणिग्रामकी छात्रा भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी हुन् । उनी जिल्लामा प्रथम र सम्भवत सामुदायिक विद्यालयबाट देशमै प्रथम बनेकी छिन् ।

उनले कक्षा ६ सम्म न्यु इन्भारामेन्ट बोर्डिड. स्कूलमा पढेकी थिइन् । कक्षा ७ बाट उक्त सामुदायिक विद्यालयमा आएपनि उनी अंग्रेजी माध्यममा पढेकी थिइन् ।

भावनासँगै शान्ति नमूनाबाट अर्का २ छात्राले पनि उत्कृष्ट अंक ल्याएका छन् ।
जसमा विपना कुँवर र संस्कृति भट्टराईले ९२ प्रतिशत ल्याएका हुन् ।यो खबर कान्तिपुर दैनिकका लागि अमृता अनमोलले लेख्नु भएको हो  ।

0 comments

Write Down Your Responses