घरबाट बाहिर ननिस्कन सरकारको आदेश

June 20, 2015


एजेन्सी । भारतमा भीषण बर्षापछि आएको बाढीका कारण जनजीवन प्रभवित भएको छ । महाराष्ट्रमा रातभर परेको पानीका कारण जलमग्न भएको छ ।
पानीको प्रवाह अत्याधिक भएपछि महाराष्ट्र सरकारले सर्वसाधारणलाई घरबाट बाहिन ननिस्कन आग्रह समेत गरेको छ ।
अत्याधिक बर्षाका कारण शहरमा यातायात प्रभावित भएको छ भने मानिसहरु साइकलको प्रयोग गरिरहेका छन् । स्थानिय प्रशासनले नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
महाराष्ट्रका मुख्य मन्त्री देवेन्द्र फणनवीसले मानिसलार्ई घरबाट बाहिर ननिसकन आग्रह गर्नुभएको छ । मुम्वइमा २४ घण्टाम ५०० मिलिलीटर भन्दा धेरै बर्षा भइसकेको छ ।
भारतीय मौसम विभागले अझै २४ घण्टा पानी पर्न सक्ने भन्दै सजग रहन आग्रह गरेको छ । सरकारले समुन्द्रि किनार छेउछाउ ननिस्कन पनि नगरिकमा अनुरोध गरेके छ ।
बाढीमा परि कम्तीमा दुई जना सर्वसाधारणको मृत्यु भएको छ भने मुम्बइका कतिपय स्थान पुर्ण रुपमा डुबेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses