आजको राशिफल : आज मिति २०७२ साल असार ०५ गते शनिवार
असार ०५ गते शनिवार, आषाढ शुल्क पक्ष (अधिक मास) चतुर्थी तिथि अनुसार तपाईंको राशी यस प्रकार छ
मेष (चू चे चो ला ली लु ले लो अ)
समय अनुकूल भएर आएको छ । सोचेको काम धेरै हदसम्म पुरा हुने देखिको छ । कार्य क्षेत्रमा आएका विवादको समाधान सहि रुपमा हुनेछ । नसोचेको यात्रा तय गर्नु पर्ला । अरुको सहयोग र सद्भावका कारण अघि बढ्न मद्दत मिल्ने छ । तार्किक क्षमता बढ्ने छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
स्वास्थ्यमा प्रतिकुलता आउने देखिएको छ । सानो गल्तीको ठूलो सजाय मिल्न सक्छ, सजग रहनु होला । सन्तान प्राप्ति योग रहेको छ । आर्थिक रुपमा कमजोर बन्ने बेला छ । सोचेको कामबीचैमा बिग्रनुले मानसिक चिन्ता हुनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
सहि समयमा गरेको सहि निर्णयले आर्थिक रुपमा फाइदा गराउने छ । लामो दुरीको यात्रा योग रहेको छ । गाडी, वाहन सुख पाइने छ । मेसिनरी बस्तुको प्रयोगबाट समेत लाभ हुनेछ । मातृ सम्बन्ध मजबुत हुनेछ । आय आर्जनका श्रोत बढ्ने छन् ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आरोप र आलोचनाका बीच गरेको कामले सार्थक नतिजा दिनेछ । बिवादबाट नयाँ सम्भावना उजागर हुनेछ । साहित्य, कला क्षेत्रमा रुची बढ्ने छ । सहयोगका कुरामा मतैक्यता हुनेछ साथै आपसी मेला मिलापको योग रहेको छ । ढिलै भएपनि सोचेको काम पुरा हुने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
आर्थिक लेनदेनमा विवाद आउला, चनाखो हुनुपर्ला । लामो समयबाट गरेको कामको मूल्याङ्कन नहुँदा काम गर्ने जाँगर मरेर आउने छ । शारीरिक रुपमा कमजोर बन्ने बेला छ । सामाजिक कार्यमा गरेको लगानी धरापमा पर्ने देखिएको छ । आत्मबल कमजोर रहला ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
शैक्षिक कार्यमा अघि बढ्ने बेला आएको छ । सन्तान, सन्तति मार्गमा शुभ समाचार सुन्न पाइने छ । नसोचेको मान्छेबाट आर्थिक लाभ हुनेछ । गुमेको धन पाइने छ साथै शुभ कार्यमा लगानी हुनेछ । भनाइ र गराइमा समेत अन्तर आउँदा आलोचित भइएला ।
तुला (र री रु रे रो ता ती तू ते)
सामाजिक कार्यमा लाग्ने प्रेरणा मिल्ने छ । अभिभावकको सहाराले ठूलो विपत्ति टल्ने छ । रमाइला प्रसङ्गमा अधिक धन खर्च होला । समयलाई चिन्न नसक्दा ठूलो अवसर गुम्ला । शरीरमा घाउ–चोट आउने खतरा रहेको छ, सावधान रहनु होला ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
साना तिना झमेलामा परिने समय छ । गुमेको धन प्राप्त होला । मित्रता दिगो हुनेछ । अपरिचितको सहयोग पाइएला । न्यायिक काममा तपार्इको विजय निश्चित देखिएको छ । परिवारमा महत्वपूर्ण जिम्मेवारी मिल्ने छ । गुमेको धन हात पर्ला ।
धनु (य यो भा भी भू ध फा ढ भे)
विवादमा परिने भय रहेको छ । आर्थिक लेनदेनमा तल परिएला । सामाजिक विषयमा अघि बढे लाभ हुनेछ । ब्यापार नाफामा जानेछ । शुभ समाचार सुन्न पाइने छ । बहुमूल्य बस्तु उपहारमा पाइएला । धार्मिक कार्यप्रति झुकाव हुनेछ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
दिन केही उतार चढाव दिने वाला छ । सोचेको कुरा पुरा नभएपनि हानि भने हुने छैन । दिनको पूर्वार्ध त्यति सहज नदेखिए पनि उत्तरार्ध तिर कार्य शिद्धि योग रहेको छ । मित्रता बलियो रहने छ साथै अपरिचितको सहयोग पाइने छ । पढाइमा अरुचि हुनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
आर्थिक कुरामा चित्त बुझाउने ठाउ नरहे पनि सामाजिक कार्यमा अघि बढ्ने मौका छ । व्यक्तिगत प्रयासमा गरेका काम पुरा नहुने तर सामुहिक प्रयास प्रभावी रहने छ । मित्रता दरिलो भएर जानेछ । इच्छित कार्य शिद्धिको योग रहेको छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
समयको पावन्धिलार्इ ध्यान नदिँदा दण्डित हुनु पर्नेछ । सरकारी काममा असफलता हुनेछ साथै न्यायिक काममा पनि पछिपरिएला । हातमा आएको अवसर गुम्नु तपार्इको असफलता उजागर हुनु हो । दिनको अन्त्य तिर शुभ कार्यको सिद्धि हुनेछ ।
.jpg)

0 comments
Write Down Your Responses