संसारभरी वाइफाई फ्री !

१४ असार सोमवार २०७२


एनेन्सी  । बिश्व प्रसिद्ध इन्टरनेट कम्पनी गुगलले अब छिट्टै नै संसार भरी  फ्रीमा वाइफाई सेवा दिने भएको छ ।
ब्लुमबर्ग न्यूज” का अनुसार न्युयोर्कमा वाइ-फाई  सविर्स ट्रायल सफल भएमा गुगलले संसार भरी  नै यो सेवा ल्याउने जनाएको छ ।
गुगलले यसलाई अहिले न्युयोर्कमा मात्र ट्रायलका रुपमा ल्याउने र संसार भरी नै यो सेवा छिट्टै पुराउने लक्ष्य राखेको छ ।
गुगलको यस प्लानलाई छिटो भन्दा छिटो यो सुबिधा ल्याउनका लागि परेको जनाएको छ ।
यसका लागी कम्पनीले ”साइडवक लेब्स” कम्पनी दर्ता गरीसकेको छ ।
गुगलले न्युयोर्कमा रहेको सुपरफास्ट इन्टरनेट सर्विस दिने कम्पनी किन्नका लागी पनि गृहकार्य गरेको र  फ्रिमा वाइफाईका लागी अहिले न्युयोर्कमा बिग एपलको पुरानो बुथहरुको प्रयोगमा ल्याउने तयारी गरेको समाचारमा उल्लेख छ ।
गुगलले यस बुथहरुमा  वाइफाई  फ्रि गर्ने र त्यस बुथ मोवाइलमा चार्ज गर्ने सेवा पनि दिने जनाएको छ ।

0 comments

Write Down Your Responses