पृथ्वी नयाँ चरणको संकटतर्फ प्रवेश गरेको ‘डरलाग्दो’ प्रतिवेदन सार्वजनिक
June 20, 2015
शनिबार 5 आषाढ, 2072
काठमाडौं, आषाढ ५ । अमेरिकाका तीन विश्वविद्यालयले पृथ्वी ‘नयाँ चरणको संकटतर्फ’ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।
पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिकोझैं रहेको निष्कर्ष निकाल्दै प्रतिवेदनमा भनिएको छ–‘पहिलो बाटो मानव विनाशको हुनेछ ।’
स्टानफोर्ड विश्वविद्यालयको नेतृत्वमा प्रिन्सटन र बर्कले जस्ता ख्यातीप्राप्त विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनले सामान्य अवस्थाभन्दा अहिले ११४ गुणा छिटो क्षति हुन थालेको उल्लेख गरेको हो ।
छैटौं चरणको ठूलो विनाशतर्फ अघि बढेको अनुसन्धानकर्तामध्येका एकले जनाएका छन् ।
यस्तैखाले डरलाग्दो अवस्था साँढे ६ करोड वर्ष अगाडि देखापरेको र त्यसबेला डायनोसर जस्ता जनावर लुप्त भएको थियो । पृथ्वी अत्यधिक तात्दा जीवन भएका सबैखाले प्राणी सखाप भएका थिए ।
अनुसन्धानको नेतृत्व गरेका गेरारडो सेबालोस भन्छन्–‘अहिलेकै अव्यवस्थालाई छाडिदिने हो भने हाम्रा थुप्रै प्रजातिलाई पुनर्जीवन पाउन लाखौं वर्ष लाग्नसक्छ ।’
सन् १९०० यता मात्र चार सयभन्दा बढी त्यस्ता प्रजातीहरु हराएको दाबी गरिएको छ ।
जलवायु परिवर्तन, बढ्दो प्रदुषण र चर्को खडेरी जस्ता कारणले यो संकट निम्तिन थालेको विज्ञान जर्नलमा छापिएको अनुसन्धान रिपोर्टमा उल्लेख छ । (एजेन्सी)
.jpg)

0 comments
Write Down Your Responses