प्रधानमन्त्रीकै अगाडि ‘तँ तँ म म’ भन्दै कांग्रेस-एमालेका मन्त्रीबीच डाङडुङ

काठमाडौं, २७ जेठ । सुशील कोइरालाको डेढ वर्षे सत्तारोहण क्रममा अघिल्लो शुक्रबार क्याबिनेट बैठकमै संसद्मा एमाओवादीले माघ ५ गते मच्चाएको ताण्डबलाई बिर्साउने घटना भयो ।
मन्त्रिपरिषद् बैठक चल्दाचल्दै प्रधानमन्त्री जुरुक्क उठेर निस्कने, सहायक स्वकीय सचिवले ल्याएर ‘यो निर्णय पनि मिसाइदिनु’ भन्दै चिर्कटो थमाउने कांग्रेस–एमालेका मन्त्रीहरु जुरुक्क उठ्दै ‘तँ तँ म म’ को तहमा बाझाबाझ गर्ने ।
मुख्य सचिवको साटो टिप्ने, ड्रेस कोडको पर्वाह नगरी कुर्ता–सुरुवालमा सामेल हुने कामसमेत भयो । अरु त अरु वर्तमान मन्त्रिमण्डलका सबभन्दा जुनियर अर्थात् एकमात्र राज्यमन्त्री टेकबहादुर गुरुङले ‘यस्तै हुन्छ क्याबिनेट ? यही हो अनुशासन ?’ भनेर औंलो ठड्याएको दृश्यसमेत देख्न पाइयो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने,‘मैले जानेको सिष्टमको कुरा हो, यहाँ मलाई हकारपकार गर्न पाइन्न ।’ भौतिक योजनामन्त्री विमलेन्द्र निधिले जवाफ फर्काए,‘कूटनीति तिमीले मात्र होइन, हामीले पनि जान्या छ ।’
जस्तापातामा कर छुटको प्रस्ताव आउँदा प्रधानमन्त्रीको ठाडो ठहर रह्यो,‘यी सब कालाबजारीया हुन् । यिनलाई छुट दिनु हुँदैन ।’
अर्थमन्त्रीलाई प्रधानमन्त्रीले साथ दिएको उक्त बैठकमा सिंचाइमन्त्री एनपी साउद कराए, ‘जस्तापाता व्यवसायीलाई जुनसुकै हालतमा कर छुट दिनुपर्छ ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses