श्रीमानसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विहे !

 जेठ २७ गते
काठमाडौं । अहिलेको कलियुगमा मानव समाजले नसाचेका घटनाहरु बाहिर आउन थालेका छन् । हाम्रो समाज परम्परा, नैतिकता र धार्मिक विश्वासमा चलेको छ । त्यही अनुसार मानव जीवनको चक्र पनि चलेको छ ।
तर यहाँ मानव जीवनको अनौठो सम्बन्ध बाहिर आएको छ । व्रिटेनमा एक युवतीले श्रीमानसँग सम्बन्ध विच्छेद गरेर लोग्नेसँग विवाह गर्न लागेको घटना सार्वजनिक भएको छ ।
समाचार एजेन्सीका अुनसार एक ३६ वर्षीय बुहारीले आफ्ना ३५ वर्षका पतिसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विवाह गर्ने फैसला गरेकी छिन् । महिलाको यो फैसलाबाट सबै अचम्मा परेका छन् । यो घटना ब्रिटेनको ग्रिम्सबाई शहरको हो ।
लीजा गोड्डार्ड नामकी ३६ वर्षीय महिलाले ३५ वर्षीय जैसन हारवूडसँग एक युवा क्लबमा चिनजान भएपछि मन पराएर २०१३ मा विहे गरेकी थिईन् । तर उनीहरुको वैवाहिक जीवनमा एक वर्षपछि खटपट सुरु भयो । र दुबैले एक अर्काबाट अलग रहने निर्णय गरे ।
सम्बन्ध विच्छेदपछि जैसनले लीजालाई अफ्नो बुबा अर्थात लीजाका ससुराका घरमा बस्न सल्लाह दिए । ताकि दुबै जनाको पैसा बचत होस् । त्यसैअनुसार लीजा आफ्ना ससुरासँग बस्न थालिन ।
तर, ससुरसँग बसेको केही दिनमै घटनाले अर्कै मोड लियो । सँगै बस्दा ससुरासँग लीजाको माया प्रेम बस्यो । उनीहरुबीच शारीरिक सम्पर्क पनि भयो । त्यो बेला उनीहरु यती नजिक भएकी उनीहरुले जैसनलाई छाडेर आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्ने निर्णयमा पुगे ।
जैसनकी श्रीमती लीजाले अब उससँग पूर्णरुपमा सम्बन्ध विच्छेद गरेर उनका बुबासँग विवाह गर्ने फैसला गरिसकेकी छिन् । लीजा र जैसनका बुबाको विवाह समेत तय भइसकेको छ ।
अचम्मको कुरा त के छ भने उनी जुन ससुरासँग विहे गर्दैछिन् उनी ७४ वर्षका बुढा हुन् । अर्थात लीजाको उमेर भन्दा ४० साल जेठा छन् । डेली मेलका अनुसार, आफ्नी पत्नीको यस्तो निर्णयप्रति प्रतिक्रिया दिँदै जैसनेले भनेका छन्-‘म अब लीजाको पूर्व पति हु र बुबासँग विवाह गरेर लीजा मेरी सौतेली आमा बन्दैछिन ।’
जैसनका पिता जोनले अफ्नो फेसबुकमा लीजासँग आफ्नो मग्नी भइसकेको कुरा लेखेका छन् । तर यो विवाह तय हुनुभन्दा पहिले जब जैशन लीजासँगै बुबासँग बस्थे त्यो बेला उनलाई लीजा र अफ्ना बुबाबीच अवैध सम्बन्ध भएको शंका गरेका थिए ।
तर उनले बुबालाई त्यो कदमको विरोध गर्नुको सट्टा बधाई दिने निर्णय लिएका छन् । अबको केही दिनभित्रै लीजाको विवाह ससुरासँग हुँदैछ एजेन्सी

0 comments

Write Down Your Responses