चाणक्य नीतिः कस्ता महिलासँग विवाह गर्ने ?

९ असार । धर्म र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्यले विवाहको विषयमा आफ्नो गहिरो बिचार संसारसामू प्रस्तुत गरेका छन् । आचार्यको भनाई अनुसार विवाह जीवनको एक महत्वपूर्ण अंग मानिएको छ । विवाहपछि नै श्रीमान्–श्रीमती र उनको परिवारको जीवन परिवर्तन हुने गर्दछ । त्यसकारण विवाह गर्ने व्यक्तिसँग सावधानी राखिन्छ । आजको समयमा पुरुषहरु विवाहका लागि राम्रा महिलाहरुलाई छान्ने गर्दछन् । राम्रा महिलाहरु नै सर्वगुण सम्पन्न हुन्छन् भन्ने होइन । त्यसकारण कस्तो प्रकारका महिलासँग विवाह गर्नुपर्छ भन्ने विषयमा आचार्यले आफ्ना केही धारणाहरु प्रस्तुत गरेका छन् ।
आचार्यको मान्यता यो थियो कि उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका कन्याहरु समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा भएपनि उनीहरुसँग विवाह गर्नुपर्छ । किनभने कन्याको गुणले नै परिवारलाई अगाडि बढाउँछ ।
विवाहका लागि पुरुषले महिलाको बाहिरी आवरण हेर्न नुहने चाणक्य बताउँछन् । यसको सट्टा महिलाको मनको सुन्दरता र संस्कार हेर्नुपर्छ । यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने उनीसँग कुनै पनि परिस्थितीमा विवाह गर्नुहुँदैन । विवाह सधैं समान कुलमा शुभ मानिन्छ । आचार्यले यो नीति पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन् । जुन पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह गर्नुहुन्न ।

0 comments

Write Down Your Responses