नेपालमा एकाबिहानै ५ म्याग्निच्यूडको भूकम्प

२०७२ आशाद १४ सोमबार


काठमाडौं : सोमबार बिहानै रामेछाप केन्द्रबिन्दु भएको ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।

असार २ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाई ५.१ म्याग्निच्यूडको भूकम्प गएपछि सोमबार बिहान ५ बजेर ४२ मिनेटमा ५ म्याग्न्च्यिूडको भूकम्प गएको हो ।

बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पकोे रामेछाप, दोलखा, नुवाकोट, रसुवा र काठमाडौं उपयत्याका पनि महसुस भएको थियो ।

सोमबार बिहान गएको भूकम्पको केन्द्रबिन्दु रामेछापको साँघुटार गाउँ विकास समितिमा रहेको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसअघि आइतबार राति १० बजेर १ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको  धक्का महसुस भएको थियो ।

0 comments

Write Down Your Responses