पति विदेशमा यता ससुरा बुहारीको यस्तो रामलिला ....
जेष्ठ २१ बिहीवार
स्याङ्जा : आफ्नै बुहारी शितली गोदारको गर्भमा शिशु उनकै १४ वर्षीय छोरासँगको सम्बन्धबाट बसेको बताउने ससुरा नै बुहारीका पति ठहरिरिएका छन् ।
जिल्ला अदालत स्याङ्जाका न्यायधीश चिन्तामणी बरालको एकल इजलासले ससुरा तिलबहादुर गोदारलाई शितलीका पति प्रमाणित गर्दै मासिक ४ हजार र अंश समेत दिने निर्णय सुनाएपछि उनले न्याय पाएकी हुन् ।
अदालतको सो निर्णयसँगै डेढ वर्षदेखि नाता कायम र अंश मुद्धा लड्दै आएकी ४० वर्षीया शितलीलाई न्याय मिलेको छ । अदालतको निर्णपछि उनका अबोध छोरालाई राहत मिलेको छ ।
रोजगारका लागि पति विदेशिएपछि ससुरासँगको शारीरिक सम्बन्धपछि रहेको गर्भ फ्याक्न ससुराले पोखरासम्म लिएर गएको पनि खुलेको छ ।
प्रहरीले हिरासतमा हुँदा दुबैले शारीरिक सम्बन्ध स्वीकारेको अवस्थामा शितलीले एकाएक बयान फेरेर गर्भ आफ्नै १४ वर्षीय छोरासँगको शारीरिकसम्बन्धबाट जन्मेको बताएकी थिइन् ।
तर, सो कुरा प्रहरीले पनि पत्याएन । ससुरा बुहारीले आफूहरुको सम्बन्ध नकारी १४ वर्षीय छोरालाई दोषी बनाएपछि वालिङबासी आन्दोलित भएका थिए ।
पटक पटक बयान फेरेकी शितलीले गाउँलेको आन्दोलन र प्रहरीको अनुसन्धानपछि ससुरासँगको यौनसम्बन्ध स्वीकारिन् । सुन्न र पत्याउनै नसकिने यो घटनाले लगातार ५ दिनसम्म वालिङ नगर तताएको थियो ।
खिलुङदेउराली गाविसका ६५ वर्षीय तिलबहादुर गोदारका यसअघि नै दुईवटी पत्नी छन । यो घटनापछि उनी भागेर वेपत्ता भएका छन् ।
एक वर्षअघि शितलीको गर्भबाट छोरीको जन्म भएको छ । तर, छोरीको न्वारान अझै हुन सकेको छैन । विदेशमा रहेका शितलीका पतितर्फ यसअघि एक छोरा एक छोरी छन् । छोरी कक्षा ८ मा पढिरहेकी छन् भने छोराले यो वर्ष एसएलसी दिएका हुन ।
अदालतमा मुद्धा चलेदेखि तिलबहादुर फरार भउका हुन् । शितली दार्सिङ दहथुमस्थित एक घरमा काम गर्र्दै नाबालक छोरी पाल्दै बसेकी
‘मसँग धन सम्पत्ती केही छैन । दिदी सिमा कमाचार्य र अधिवक्ता हरि रेग्मीले मलाई सवै जुटाइदिनुभयो’, अदालतको निर्णय सुनेपछि गोदारले भनिन्, ‘साँच्चै आज न्यायलयभित्र भगवान रहेको महसुस गरेकी छु, मलाई न्याय मिलेको छ ।’
शितीलाई संरक्षण दिँदै आएकी महिला नेतृ सिमा कर्माचार्य बुहारीमाथि यौन शोषण गर्नेमाथि कडा कारबाहीको माग गर्छिन् । ‘सोझासाझा छोरी बुहारीलाई प्रलोभन र धम्की दिएर घर न घाटको बनाउनेलाई कडा कारबाही हुनुपर्छ’, उनले भनिन्, ‘शितली गोदारले झैँ अन्य महिलाले यस्तो हिंसा भोग्नु नपरोस ।
annapurnapost बाट
0 comments
Write Down Your Responses