पूर्वमन्त्री पद्मसुन्दर लावतीको निधन

२७ जेठ, काठमाडौं ।


राप्रपा नेपालका नेता एवं पूर्वमन्त्री पद्मसुन्दर लावतीको निधन भएको छ । 

७६ वर्षका लावतीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

लामो समय देखि मृगौलासम्बन्धी समस्याका कारण उपचाररत रहँदै आएका थिए । 

केही समय अघि मात्र कमल थापासँग रिसाएर पार्टी फुटाएका लावतीले जीवनकालमा पटक पटक मन्त्री भएका थिए ।

0 comments

Write Down Your Responses