विशेष शब्द प्रयोग गर्दै सुष्माले गरिन् तीन खर्बको सहायता घोषणा

१० असार, काठमाडौं ।


भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु तीन खर्ब प्रदान गर्ने घोषणा गरेको छ ।

राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले उक्त घोषणा गरेकी हुन् ।

मोदीकी शैलीमा भाषण गरेकी उनले नेपाल र भारतको सम्बन्ध बुझाउन विशेष शब्दावली प्रयोग गरिन् । भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै उनले महाविपत्तिमा परेको नेपाललाई रु दुई खर्ब सहुलियतपूर्ण ऋण र रु एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गरेकी हुन्

भारत सरकार र त्यहाँका जनता नेपाल सरकार र नेपाली जनताका साथ रहेका स्पष्ट गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निर्देशनमा भूकम्पको लगत्तै खोज, उद्धार तथा राहतका लागि ‘मिसन मैत्री’ तत्काल नेपालमा परिचालन हुनु नेपालप्रतिको भारतको प्राथमिकता प्रष्ट हुन्छ भनिन् ।

लामो समय सम्म प्रधानमन्त्री मोदी नै नेपाल आउने चर्चा चलेपनि उनको साटो विदेशमन्त्री सुष्मा नेपाल आएकी हुन् । सुष्माले मोदीको नेपालीको आँशु पुछ्ने चाहाना रहेको समेत उल्लेख गरिन् ।

0 comments

Write Down Your Responses