विश्वकै धेरै कमाई गर्ने बलिउड कलाकारको सूचिमा अमिताभ र सलमान सबैभन्दा अगाडि

विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने कलाकारहरुको सूचिमा बलिउडका तीन अभिनेता पर्न सफल भएका छन् । अमेरिकाको फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको उत्कृष्ट दश धनी कलाकारको सूचिमा उमेरले ७० पार गरेका अभिताभ बच्चन र ५० वर्षका सलमान खानको कमाई बराबरी भएका कारण सातौं नम्बरमा रहेका छन् भने अक्षय कुमार नवौं नम्बरमा परेका छन् ।

फोब्र्स २०१५ का अनुसार सलमान र अमिताभको कमाई ३३.५ मिलियन अमेरिकी डलर रहेको छ भने अक्षयको ३२.५ मिलियन अमेरिकी डलर रहेको छ।
शाहरुख खान यस वर्ष धेरै पछाडि धकेलिएका छन् । बलिउडबाट उनी १८ स्थानमा छन् भने उनीपछि रणविर कपुर ३० औं स्थानमा पर्छन् ।
विश्वकै धनी कलाकारमा भने ८० मिलियन डलर कमाई गर्ने हलिउडका रोबर्ट डोनी जुनियर सबैभन्दा धनी कलाकार बनेका छन् भने ज्याकी च्याङ ५० मिलियन डलरका साथ दोस्रो स्थानमा परेका छन् ।

,

0 comments

Write Down Your Responses