हिमानीको अभियानमा सर्बसाधारणको चासो

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित ‘हिमानी ट्रष्ट’ ले यतिबेला पीडामा परेका नेपालीको घाउमा मलम लगाउने काममा निकै सक्रियता देखाएको छ ।(1) नेपालमा आएको विनाशकारी भूकम्प पश्चात ट्रष्ट’ शसक्त रूपमा सक्रिय भएको हो । युवा महिला तथा बालबालिकाको हक र अधिकार र रक्षाका लागि सञ्चालित ‘हिमानी ट्रष्ट’ ले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको भए पनि पछिल्लो समय देशमा आएको महाविपत्ती पश्चात अझै शसक्त र प्रभावकारी रुपमा काम गरेको ट्रष्ट’ मा आवद्ध कर्मचारीहरुले जानकारी दिएका छन् । बाढी–पहिरोले सताउँदा या आमजनता भोकमरीको चपेटामा परेको अवस्थामा, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुराको पहुँचबाट टाढा रहेका विपन्न बालबालिकाको रक्षाका लागि होस् वा विनाशकारी भूकम्पले मुलुकलाई क्षतविक्षत तुल्याएको बेला, जुनसुकै र जस्तोसुकै अवस्थामा पनि हरदम संस्थाले काम गरेको ट्रष्ट’ का सूचना शाखाका कर्मचारी राजकुमार थापाले बताए ।
हिमानी ट्रष्ट’ यतिबेला भूकम्पका कारण विद्यालय गुमाएका छात्रछात्राका लागि विद्यालय निर्माण र पीडामा परेका महिला तथा बालबालिकाको रक्षाका लागि केन्द्रीत भएको देखिएको छ । बैशाख १२ को विनासकारी भूकम्पपछि बैशाख १६ गते एकादशीका दिनदेखि आज सम्म ट्रष्ट’ निरन्तर भूकम्पको पीडामा परेकाहरुको पुनस्र्थापनामा क्रियाशिल रहेको बताईएको छ । संस्थाले १६ गते भक्तपुरमा भूकम्पबाट प्रभावितहरुका लागि ७ हजार ५ सय किलो चामल, १ हजार २ सय ५० किलो दाल, २ सय ५० थान त्रिपाल वितरण गरि भूकम्प प्रभावितहरुको लागि सहयोग अभियान सुरु गरेको थियो । जसअन्तर्गत हालसम्म ट्रष्ट’ ले २० हजार ९ सय ४० किलो चामल, ४ हजार ८ सय ७५ किलो दाल, १ हजार १ सय ९३ थान ब्लाङ्केट, १ हजार ८३ थान त्रिपाल र ९ सय वटा टेन्ट् वितरण गरेको जनाएको छ । त्यस्तै ८ ३० किलो नुन, ६ सय ७५ पोका जीवनजल र ५० हजार भन्दा बढि नगद रकम तथा जस्तापाता वितरण गरेको सूचना शाखाका कर्मचारी थापाले जानकारी दिए । त्यस्तै विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक लगायत महिलाहरुका लागि लत्ता कपडासंगै अन्य सामाग्री समेत वितरण गरेको छ । ट्रष्ट’ ले तत्काल राहातसंगै दिर्घकालीन राहातका लागि समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताईएको छ । भूकम्पबाट भत्किएका विद्यालय सामुदायिक भवन तथा अन्य सामुहिक भौतिक संरचनाको निर्माणसंगै स्वास्थ्य शिविर पनि ट्रष्ट’ ले सञ्चालन गरेको बताईएको छ । भूकम्प पीडितहरुको लागि सहयोग अभियान नेपाली सेना संगको समन्वयमा भएको ट्रष्ट’ ले जनाएको छ । ट्रष्ट’ ले काठमाण्डौ भक्तपुर, ललितपुर लगायत विकट पहाडी जिल्ला सिन्धुपाल्चोक, सोलुखुम्बु,, काभ्रेपलान्चोक, धादीङ्ग, दोलखा, गोरखा, ओखलढुङगालगायतका जिल्लाको प्रभावित गाउमा पुगेर राहात वितरण गरेको हो । पूर्व युवराज्ञी हिमानी शाहले सुरु गरेको यो अभियानलाई आम सर्बसाधारणले निकै चासो र महत्वका साथ हेरिरहेका छन् । उनको अभियान बाट सर्वसाधारण उत्साही समेत बनेका छन् ।

,

0 comments

Write Down Your Responses