सुष्मा पछि चिनियाँ विदेशमन्त्रीको यस्तो भाषण : चीनले गर्यो ७६ अर्ब सहयोग दिने घोषणा
१० असार, काठमाडौं ।
भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन ४.७ अर्ब युआन अर्थात करिव ७६ अर्ब रूपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ ।
राजधानीमा जारी दाता सम्मेलनमा चिनीयाँ विदेश मन्त्री वाङलीले यो सहयोग राशीको घोषणा गरेका हुन् । भारतीय विदेशमन्त्री पछि मञ्चमा आएका चिनियाँ विदेशमन्त्रीले पनि नेपाल र चीनबीचको सम्बन्ध विशेष भएको बताए ।
उनले नेपाल र चीनको सीमा क्षेत्र समे भूकम्पका कारण प्रभावित भएको बताउँदै चीन नेपालको पुनिनिर्माणमा हरेक प्रकारले सघाउन तत्पर रहेको पनि बताए ।
चिनियाँ विदेशमन्त्रीको घोषणा अनुसार नेपालको पुनर्निर्माणका लागि चीनले पहिलो चरणमा करिव ५० अर्ब सहयोग दिेने छ ।
भूकम्पपछिको सहयोगका क्रममा भारत र चीनबीच प्रतिस्पर्धा देखिएको थियो । भारतबाट सहयोगको मात्रा सँधै धेरै भएपनि नेपालमा चीनप्रति बढी सदभाव देखिने गरेको छ ।
0 comments
Write Down Your Responses