आजको राशिफल : आज मिति वि.सं.२०७२ साल असार १० गते बिहिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चोटपटकको भय हुनेछ । झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

brishबृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

mithunमिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

karkatकर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा हानि पुग्नेछ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहालाई नमान्नाले दीर्घकालिक असर पर्नसक्छ । सन्ततिको चिन्ताले सताउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

singhaसिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

kanyaकन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

tulaतुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामको दायित्व क्रमशः बढे पनि आम्दानीको मात्रामा बढोत्तरी हुने देखिंदैन । नयाँ काममा हात हाल्नुअघि अभिभावकसँग सल्लाह गर्नु होला । घरायसी बन्दोबस्तका सामान खरिद गर्दा बेफाइदा हुनसक्छ । बोलीमा प्रभाव छैन, चुपलाग्नु नै राम्रो । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

brichikबृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरीबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज अनुकूल छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

dhanuधनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दीर्घकालीन लगानीले पिरोल्न सक्छ । प्रतिकूल समय छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

makarमकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

kumbhaकुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने सङ्केत पनि छ, आम्दानी गरिएको धन नाश हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्नुहोला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

meinमीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन् । शरीरमा उत्साहको कमी हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि हुनसक्छ, तर मनमा पलाएको निराशाभाव समाप्त हुन सक्दैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments

Write Down Your Responses