बिहीबार राति ९ बजेर ५७ मिनेटमा ५.३ म्याग्निच्यूड भूकम्पको धक्का
२०७२ जेष्ठ २८ बिहीवार
काठमाडौं : बिहीबार राति काठमाडौं उपत्यका र मध्य नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
राति ९ बजेर ५७ मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले घरहरु हल्लाएपछि मानिसहरु अत्तालिँदै घरबाहिर निस्केका छन् । भूकम्प रोकिएपछि बाहिर निस्केका मानिस पुन: घरमा पसेका छन् ।
भूकम्पकाे धक्का काठमाडौैं उपत्यका, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, गोरखा, चितवन र नवलपरासीसम्म महसुस भएको छ । त्यसैगरी पूर्वी नेपालमा भोजपुर र खोटाङसम्म पनि भूकम्पको धक्का महुस भएको थियो ।
बिहीबार बिहान १० बजे पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्प गएको थियो ।
0 comments
Write Down Your Responses