प्रवेशिकामा उत्कृष्ट बनेका भावनाको डाक्टर बन्ने सपना

विद्यालय तहको पढाइमा अति नै मेहनती रुपन्देही तिलोत्तमा नगरपालिका मणिग्रामकी भावना अर्यालले डाक्टर बन्ने सपना बुन्नुभएको छ ।


रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना उच्च माविमा अध्ययन गर्नुभएकी भावना यस वर्षको एसएलसी परीक्षामा जिल्ला मात्रै होइन नेपाल मै उत्कृष्ट बनेको विद्यालयको दावीपछि उहाँको सपना बाहिर आएको हो ।
कक्षा ६ सम्म सोही स्थानमा रहेको निजी विद्यालय न्यू इन्भारमेन्ट उच्च माविमा अध्ययन गर्नुभएकी भावनाले एसएलसी परीक्षामा ९३।८७ प्रतिशत अङ्क ल्याउनुभएको छ । उहाँले उत्कृष्ट अङ्क ल्याएपछि विद्यालयले उहाँलाई सामुदायिक विद्यालय र छात्रातर्फ नेपालमै पहिलो भएको दाबी गरेको छ ।
गत शुक्रबार प्रकाशित परीक्षाफलअनुसार उहाँले गणित विषयमा १००, विज्ञानमा ९७, अङ्ग्रेजीमा ९४, नेपालीमा ९०, सामाजिक शिक्षामा ८६, अतिरिक्त गणितमा ९८, कम्प्युटरमा ९९ र स्वास्थ्य जनसङ्ख्या तथा वातावरण शिक्षा ८७ अङ्क प्राप्त गर्नुभएको छ ।
सुरुमा निजी विद्यालय र कक्षा ७ मा सामुदायिक विद्यालयमा लैजाँदा आफूमाथि निकै आलोचना भएको बुबा माधव अर्यालले स्मरण गर्नुभयो । त्यतिखेर समाजमा आलोचना भए पनि उहाँले आफ्नो निर्णय भने बदल्नु भएन । अहिले छोरीले एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याएपछि त्यतिबेला आलोचना गर्नेले बधाईको ओइरो लगाएका छन् ।
छोरी सामुदायिक विद्यालयमा नेपाल प्रमथ भएपछि बुटवलको निजी विद्यालय न्यू होराइजन उच्चमाविमा अध्यापन गर्ने अर्याललाई अहिले खुसीको सीमा छैन । अब पनि छोरीलाई नेपालमै उच्च शिक्षा दिने सोच छ उहाँमा ।
परिवारमा हजुरआमा, बुबा, आमा, एक छोरा र एक छोरी भएका अर्याल परिवारले कहिल्यै पनि छोराछोरीलाई पढाइमा दबाब दिएनन् ।
पढाइमा बुबाआमाबाट कहिल्यै पनि दबाब खेप्नु नपरेको स्मरण गर्दै भावनाले अब विज्ञान विषय पढेर काडिर्योलोजिस्ट ९मुटुरोग०को विशेषज्ञ बन्ने अठोट गर्नुभएको छ ।
त्यस्तै यसै वर्षको एसएलसी परीक्षामा बुटवल हाट बजार लाइनमा रहेको कान्ति उच्च माविबाट मनोज भण्डारीले ९३।५ प्रतिशत अङ्क ल्याउनुभएको छ । उहाँले कुल ८०० पूर्णाङ्कमा ७४७ नम्बर प्राप्त गरेको सो विद्यालयले जनाएको छ ।
यस वर्षको एसएलसी परीक्षामा रुपन्देहीबाट कुल विद्यार्थी सङ्ख्याको ५९।४२ प्रतिशत उत्तीर्ण भएका छन् । जिल्लाबाट १३ हजार ५८ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा सात हजार ७५६ जना विद्यार्थी उत्तीर्ण भएको रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार यो गत वर्षको तुलनामा २।४ प्रतिशत बढी हो । गत वर्ष जिल्लाबाट ५७।२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । समग्र मुलुकमा ४७।४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र अघिल्लो वर्षको तुलनामा पनि बढी भएकाले यो नतिजालाई जिल्लाले सन्तोषजनकरुपमा हेरेको छ ।
जिल्लामा एक हजार १८८ जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । त्यस्तैगरी चार हजार ४९९ जना प्रथम श्रेणीमा, दुई हजार २९ जना द्वितीय श्रेणीमा र ४३ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।
एक्जाम्टेडतर्फ रुपन्देहीमा १९।२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फ कुल एक हजार ७०४ विद्यार्थी सहभागी भएकामा ३२७ जना विद्यार्थी उत्तीर्ण भएको सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी गङ्गाराम आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा एक्जाम्टेडतर्फ प्रथम श्रेणीमा नौ, द्वितीयमा २६७ र तृतीयमा ५१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

0 comments

Write Down Your Responses