आजको राशिफल : आज मिति २०७२ साल आषाढ ९ गते बुधवार
मेष (चू चे चो ला ली लु ले लो अ)
समय अनुकूल हुँदै आएको छ । वैचारिक अस्पष्टताबाट माथि उठ्न सके सोचेको काम पुरा हुनेछ । असोचेको ठाउबाट धन आगमन हुने योग रहेको छ । सामाजिक कार्यमा लाग्ने प्रेरणा मिल्ने छ । विवादबाट मुक्ति मिल्ने छ । परिवारमा नया समझदारी बन्ने छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
आफन्तबाटै वहानाबाजी हुने खतरा रहेको छ । सोचेको काम बीचैमा तुहिने योग रहेको छ । पढाइ लेखाइमा रुची हुनेछ । सत्यको पक्षमा चल्ने भएकोले साना तिना विवादले खासै प्रभाव नपार्ने देखिएको छ । तार्किक कुरामा माथि भइने छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
परिवारलाई मिलाएर लानु मुख्य चुनौती रहेको छ । तेस्रो व्यक्तिको कारण तपार्इको परिवारमा विवाद आउन सक्ने छ । ठूलो लगानी नगरेको राम्रो, लगानी गुम्ने योग छ । सोचेको कुरा अधुरो रहने तथा काममा अपजस पाइने ग्रह योग रहेको छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
समय अनुकूल रहेपनि सहि कदम चाल्न नसक्दापछि परिने छ । विवादको जरो आफ्नै मित्र हुँदा समस्यामा परिने छ । अरुको भरमा पर्दा गुमेको साख गुम्ने खतरा रहेको छ । रमाइला प्रसङ्गमा खर्च हुनेछ । सभा सम्मेलनमा भाग लिने मौका पाइने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
अचानक लामो दुरीको यात्रा सम्भव रहेको छ । व्यक्तिको समस्या पारिवारिक भएर आउने भएकोले सोचेर काम गर्नु पर्ला । भलाकुसारी र भेटघाटमा तपार्इको दिन चर्या बित्ने छ । सामाजिक कार्यमा लागे पनि असन्तुष्ट भइने छ । धार्मिक कार्यप्रति अरुचि हुनेछ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
परदेशको बास हुनेछ । बैदेशिक कार्य सफलता योग रहेको छ । रोक्किएका काम बन्ने छन् । आत्मबल बढ्ने छ । स्मरण शक्तिमा अचानक परिवर्तन आउने छ । कार्य क्षेत्र केहि विवाद दिने वाला रहेको छ । ब्यापार घाटामा जाने तथा लगानी फस्ने बेला रहेको छ ।
तुला (र री रु रे रो ता ती तू ते)
ख्याल ख्यालमै काम बन्ने छ । माया मारेको चिज प्राप्त गर्नु तपार्इको लागि खुसीको कुरा हुनेछ । खेलकुद तथा कलाकारिता आदिमा लगाने गरे प्रतिफल उच्च आउने छ । तपार्इको शुभ कार्यको सबै क्षेत्रबाट सहयोग हुनेछ । बोलीको कारण सम्मान पाइने छ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आर्थिक पक्ष कमजोर रहेपनि सामाजिक काममा गरेको लगानी फस्टाउला । सहमतिमा असम्भव काम सम्भव भएर आउने छ । परिवारमा केहि शुभ कार्य सम्पन्न हुनेछ । भरोशा गरेको मान्छे तपार्इको खिलाफ भएर आउला । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
मनमा केही गर्ने जोस र जाँगर बढ्ने छ । तपार्इको हित चाहनेहरु भेटिने छन् । मानसिक आशक्तिको कारण फसिने भय रहेको छ । प्रेममा धोका हुनेछ साथै नयाँ सम्बन्धमा समेत समस्या आउला । आय र व्ययका आधारमा प्रतिफल कमजोर हुनेछ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
अचानक लामो यात्रा योग रहेको छ । विवादित कुराको छिनो फानो हुनेछ । सबैको हित र प्रतिष्ठाको विषयमा तपार्इको सहयोग जारी रहने छ । ब्यापारबाट लाभ हुनेछ । बितेको कुरामा चिन्ता मान्नु भन्दा अगाडिको कुरामा चल्नु बुद्धिमानी ठहरिने छ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
समय तपार्इको अनुकुल छ अतस् भलाइ सोचेर काम गरे सफल हुनेछ । अरुको कलह र निन्दामा लागे फसिने छ । सामाजिक काममा सफल भइने बेला छ । पारिवारिक जिम्मेवारी पाइने छ । व्यक्तिगत कार्य भने असफल हुने ग्रह योग रहेको छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
ढिलै भएपनि कार्य शिद्ध हुनेछ । मानसिक रुपमा शान्ति भएको अनुभूति हुनेछ । कार्य क्षेत्रमा भएका विवादको अन्त्य भर्इ नयाँ समझदारी बन्ने योग रहेको छ । सामाजिक काममा प्रतिष्ठा पाइने छ । विवादमा नपरेको बेश हुनेछ । आर्थिक लाभ पाइने छ ।
0 comments
Write Down Your Responses