नायक भूवन केसी र होटलबीच सहमति

पोखरा, ८ असार : पोखराको एक होटलमा समयमै रकम तिर्न नसके पछि नायक भुवन केसीको आफ्नै कार तथा ड्रिम्स फिल्मको गाडी सहितका सामानहरु होटलले नियन्त्रणमा लिएको खवर सार्वजनिक भए लगतै दुबै पक्षबीच सहमति भएको छ ।

नायक केसीले भने आफ्नो कामको शिलशिलामा होटलको हिसाव मिलान गर्न पोखरामै रहेको बताउदै होटललाई तिर्नु पर्ने सम्पुर्ण रकम आन्तरिक रुपमा मिलाएको बताए । उनले भने “ठूलो व्यावहार गर्दा दुई चार दिन ढिलो हुन्छ यसलाई मिडियाले किन बाहिर ल्यायो म त अचम्ममा परेको छु ।” आफ्नो कार कुनै होटलको नियन्त्रणमा नभएको समेत उनले बताए ।

नायक भुवन केसी सहितको टोलीले पोखरा ड्यामसाईड स्थित पिस फुल होटलमा करिब एक महिना देखि बस्दै आएका थिए । ४० जनाको टोलीले होटलमा बस्दा तथा खाना खाजाको गर्दा करिब ५ लाख बराबरको विल आए पनि उक्त रकम समयमै तिर्न नसके पछि होटलले नायक केसीको निजी कार तथा ड्रिम्स फिल्मको छायाङकनको लागि ल्याएको दुई वटा वस र सामानहरु होटलले नियन्त्रणमा लिएको गोप्य श्रोतले हामीलाई जानकारी गराएको थियो । नायक केसी सहितको टोलीले होटलको पैसा तिर्न “आज भोलि भन्दा भन्दै धेरै दिन विती सकेको” कारणले गर्दा होटलले बाध्य भएर उक्त गाडी सहितको सामानहरु नियन्त्रणमा लिएको थियो । यस बिषयमा संचार माध्यमहरुमा समाचार सार्वजनिक भए पछि होटलको जिम्मा लिएकी विन्देश्वरी श्रेष्ठ र नायक केसीले कार होटलको नियन्त्रणमा नभएको बताएका छन् ।

नायक केसी सहितको टोली हिजो (सोमबार) राजधानि फर्किने भए पनि होटलमा रकम तिर्न नसकेको कारणले गर्दा पोखरामै रोकिएको श्रोतले जनाएको छ । नायक केसी सहितको टोलीले उक्त होटलमा १६ वटा भन्दा बढी रुमहरु प्रयोग गरेका थिए । सुटिङको टोली केहि दिन अघि राजधानि फर्किए पनि नायक केसी सहितको केहि टोली भने पोखरामै रहेका छन् । पोखरा क्षेत्रमा करिब ५० प्रतिशत जसो, मुस्ताङमा १५ र ३० प्रतिशत जसो काठमाडांैमा छायाङकन हुने भएको उनले बताए ।

केसीकै निर्देशन र आफ्नै लगानीमा निमार्ण हुन लागेको ड्रिम्स नामक फिल्म पोखरामा करिब एक महिना छायाङकन भएको हो । भूकम्पबाट प्रभावित भएको राजधानी लगायतका धेरै जिल्लामा मानिसहरु पूर्ववत रुपमा काममा फर्किन नसकि राखेको अवस्थामा भने नायक भुवन केसी सहितको टोली फिल्मको छायाङकन गर्न पोखरामा व्यस्त भएका हुन् । नायक केसीले आफ्ना छोरा अनमोल केसीलाई नायकको भुमिका दिएका छन भने सामराज्यलक्ष्मी शाहलाई नायिकको भुमिका दिउका हुन् ।

आगामी भदौसम्ममा निमार्ण सक्ने गर्ने तयारी गरे पनि भूकम्पबाट उक्त फिल्म करिब ६ महिनामा तयार हुने भएको केसीले जनाए । एक करोडको लागतमा निमार्ण हुन लागेको उक्त फिल्म संसारभर एकै साथ प्रदर्शनी गर्ने योजना भएको नायक केसीले जनाए

दिननाथ बराल

0 comments

Write Down Your Responses