५ बजेर ३८ मिनेटमा फेरि अर्को भूकम्पको धक्का महसुस

२० जेठ, काठमाडौं ।


बुधबार ५ बजेर ३८ मिनेटमा फेरि अर्को भुकम्पको धक्का गएको छ । दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।


विनाशकारी भूकम्प गएको १ महिना भन्दा बढी भयो । पराकम्पन कम हुदै गएका थिए तर बुधबार भने अहिलेसम्म ४ पटक गईसकेका छन । आज पनि दिउसो १ घण्टाको फरकमा २ पराकम्पन र बिहान १ गरी ३ पटक गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  २ बजेर ३९ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको मापन गरिएको छ । यस अघि १ बजेर ३७ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै बिहान २ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

0 comments

Write Down Your Responses