घरकै दुई दिदी मुम्बईमा देहब्यापार गर्छन् । १२ बर्षको कलिलो उम्मेरमै सल्यान देवस्थलकी मनकली बादीलाईपनि मुम्बई जान रहर होइन बाध्यता आइलाग्यो । दुई महिनाअघि दुई दिदी र फुपुसँग उनी मुम्बई पुगिन् । एैलानी जग्गामा बनाएको एउटा कटेरोमा साँझ विहानको छाक टार्न मुस्किल भएपछि दिदीसँगै उनीपनि मुम्बई पुगिन् । संगै हुर्केका छिमेकीका छोरीहरु झालो बोकेर विद्यालय गइरहेका बेला उनी भने झोला बोकेर कलिलो उमेरमा देहब्यापारको खोजीमा मुम्बई हिड्दै थिइन ।
मुम्बईमा दिदी र फुपुहरु केही बर्षदेखि बस्दै आएका छन् । दिदी, फुपु बर्षमा एकपटक तडक भडकका साथ घर आउँदा उनलाई पनि मुम्बई जाने रहर र बाध्यता दुवै थिए । आमा सुनकली छोरीको लाश अगाडी रुदैँ भनिन् ‘जान मन गरेकी थिँइन तर घरको बाध्यताले पठाएर छोरी गुमायौँ ।’
घरकै दुई दिदीका साथ मुम्बई पुगेकी मनकली दुई महिनापनि बस्न सकिनन् । कलिलो उम्मेरमा देहब्यापार गर्न नसक्ने भएपछि घर फर्किइन । घरमा उही समस्या विहानदेखि साँझसम्म छाक टार्नको मुस्किल । भोको पेटबाट जीवन बचाउँन उनले दोस्रो उपाय सोचिन् ‘देहब्यापार होइन, मजदुरी’ दैनिक सल्यानको सल्लीबजारमा ट्रकबाट सामान लोड अनलोड गर्न थालिन् । त्यति गर्दापनि घरमा चुलो बल्न सकेन । अन्तः १८ जेठमा घर अगाडीकै रिठाको बोटमा झुण्डिएर आत्महत्या गरिन् । देहब्यापारदेखि भेरी नदीको किनारमा बालुुवा चाल्दासमेत खान नपुगेपछि उनले आत्महत्या गरेको शव अगाडी बसेर आमा सुनकली दुख विसाउँदै थिइन ।
छोरीले आत्महत्या गरेपछि त्यो दलित परिवारमा अर्काे समस्या आईलाग्यो, ‘पोष्टमार्टम’ । साँझ विहानको छाक टार्न नसक्ने परिवारले सुर्खेत जिल्ला अस्पतालमा पुरयाएर कसरी छोरीको पोष्टमार्टम गराउने ? त्यही बेला पुलिसले चन्दा उठाएर गाडीको ब्यवस्था मिलायो र देहब्यापार गर्दा पनि भोक मेटन नसकि आत्महत्या गरेकी मनकलीको पोष्टमार्टम भयो । (मृतक किशोरीको नाम परिवर्तन)
देहब्यापारले छाक टार्न नसक्दा किशोरीको दर्दनाक आत्महत्या
0 comments
Write Down Your Responses