वैशाखअघि पनि नेपालमा लगातार भूकम्प आएका थिए, किन लुकाइयो ? यस्तो छ कारण

२०७२ जेठ २१ गते


काठमाडौं, २१ जेठ । महाभूकम्पपछिका परकम्पहरु पातलिएका छन् । छिटफुट आइरहेका साना धक्काले पनि सर्वसाधारण आतंकित हुने क्रम बढेको छ । वैशाख १२ गतेअघिका भूकम्प कमै थाहा पाउने सर्वसाधारण अहिले साना धक्काबाट समेत तर्सिरहेका छन् ।
तर, विगत दश वर्षमा नेपाल केन्द्र बिन्दु भएर गएका भूकम्पको तथ्यांक हेर्दा लाग्छ – साना चारदेखि ६ रेक्टर स्केलसम्मका भूकम्प वैशाख १२ अघि पनि हरेक महिना गइरहेकै थिए । यो भूकम्प वैशाख १२ गते पछि मात्रै जान थालेका होइनन्, वर्सौदेखि निरन्तर गइरहेका छन् ।
१० वर्षमा चार रेक्टर स्केलभन्दा माथिका मात्रै एक सय १ सय ८० वटा भूकम्प गइसकेका छन् । वैशाख १२ गतेको महाभूकम्पअघिका ११ दिनमा मात्रै चारवटा भूकम्प गइसकेका थिए । सर्वसाधारणबीच यसको कुनै चासो र चर्चै भएन ।
तीमध्ये एउटा ५.१ रेक्टर स्केलको थियो भने बाँकी ४ भन्दा बढीका थिए । त्यस्तै सन २०१४ भरिमा ११ वटा भूकम्प गए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses