नेपाली आकाशमा देखियो सूर्य इन्द्रेणी, मान्छेहरु अचम्मित (तस्विर सहित)
२३ असार, काठमाडौं ।
बुधबार नेपाली आकाशमा अनौठो दृष्य देखियो । सूर्यलाई कालो बादलले छोप्न लागेको जस्तो समयमा देखिएको अनौठो दृष्य थियो हेलो फेनोमेना ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सिरोस्टाटस नामक बादलका कारण सूर्य वरिपरि त्यस्तो घेरा बनेको हो जसलाई हेलो फेनोमेना भनिन्छ ।

सूर्यको वरिपरि इन्द्रेणीजस्तो घेरा देखिएपछि मानिसहरुले तस्विर खिचेर सामाजिक सञ्जालमा हाल्दै जिज्ञासा राखेका थिए ।
नेपाली आकाशमा देखिएको सूर्य इन्द्रेणीको दृष्य
पानीको मात्रा कम हुने बादलमा सूर्य पर्दा यस्तो अवस्था देखिने विज्ञहरुले बताएका छन् । यसको कुनै मौषमी असर नरहेको पनि उनीहरुले प्रष्ट पारेका छन् ।
0 comments
Write Down Your Responses