९८ प्रतिशत ल्याएका एसएलसी टपर इसान आतंकवादी बनेपछि…

असार । एसएलसीमा पास भएपछि युवाहरुका आ–आफ्नै सपना हुन्छन् । हाम्रो समाजमा एसएलसी पास गर्न भनेको फलामे ढोका पार गर्नु हो । फलामे ढाको पार गरेपछि कोही डाक्टर बन्छन् त कोही वैज्ञानिक ।
एसएलसीमा पास हुनु नै ठूलो कुरा हो झन देशमै टपर हुनु त गौरवाम्वित कुरा हो । देशका लागि केही गर्ने अवसर हो । तर यहाँ एक युवक एसएलसीमा ९८ प्रतिशत ल्याएर पनि आतंकवादी बनेका छन् । देशको लागि केही अवसर पाएका उनी देशकै दुश्मन बनेका छन् ।




उनको नाम हो निवटन’ । पूरा नाम इसाक अहमद । भारतको दक्षिण कश्मीरमा पुलवामा जिल्लाको आतंकवादग्रस्त त्राल शहरमा उनी बस्दै आएका थिए । १९ वर्षका उनी यसै वर्षको मार्चा अर्थात चार महिना पहिलेदेखि आतंकवादी संगठनमा लागेका छन् । यो खबर उनका परिवारले पुष्टि गरेका छन् । र पुलिस स्रोत अनुसार उनी आंतवादी संगठनको तल्लो तहको कमाण्डर नै बनेका छन् ।

उनका पिता मोहम्मद इब्राहिमले भनेका छन् कि उनी डिसेम्बर महिनामा कलेजमा फिस बुझाउने वहानामा घरबाट निस्केका थिए । प्रहरीका अनुसार यी किशोर का कमाण्डर बुरहान मुजफ्फर नामका आतंकवादी हुन्, जो स्कुल पिन्सिपल छोरा थिए । त्रालमा उनी आतंकवाद बढाउँदै युवाहरुलाई आफ्नो संगठनमा आकिर्षत गरिरहेका छन् ।

त्यसै क्रममा इसाक पनि आतंकवादी संगठनतर्फ आकर्षित भएका हुन् । इसाकले २०११ सालमा कक्षा १० को एसएलसीमा ९८ प्रतिशत नतिजा ल्याएर भारतमै टपर भएका थिए । दक्षिण कश्मीर रेञ्जका एक वरिष्ठ पुलिस अधिकारीले भनेका छन् कि पछिल्लो १८ महिना अवधिमा १०० किशोर युवक आतंकवादी संगठनमा सामेल भएका छन् । उनी आतंकवादी बनेपछि प्रहरीले उनलाई मार्न स्पेशल फोर्स खटाएको छ । एजेन्सी
dainiknepal.com

0 comments

Write Down Your Responses